एमसीसीमा अनावश्यक भ्रम र आशङ्का : कमल थापा
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २०:११:११
१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका थापाले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरू बीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाए ।
अध्यक्ष थापाले एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु यसमा जिम्मेवार रहेको उनको भनाइ छ ।
उनले एमसीसीमा नेकपाले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् । “एमसीसी अहिलेको अवस्थासम्म आइपुग्नलाई काँगे्स, तत्कालीन एमाले र माओवादी पार्टी उत्तिकै जिम्मेवार छन्, दुवैले सम्झौताको खाका तयार गरे, सम्झौता पनि उनीहरुले नै गरेको हो”, पूर्वगृह तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भने, “अहिले नेकपाभित्रको झगडाले यसबारे विभिन्न भ्रमहरु पैदा गरिएको छ, धेरै बहस र चर्चाको विषय बनाइएको छ ।”
उनले एमसीसीलाई अन्तिमरूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पारे । एमसीसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उनले भने, “एमसीसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्रहितमा लागू गर्नुको विकल्प छैन ।”
अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको बताए ।
उनले भने, “यदि संविधान संशोधन गर्ने नै भए राजसंस्था सहितको हिन्दूराष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौँ, यो हाम्रो पार्टीको मात्र नभई ८० प्रतिशत जनताको चाहना हो ।” थापाले वर्तमान सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी र विदेशी प्रभाव रोक्न नसकेको टिप्पणी गरे ।
त्यस्तै राप्रपा (संयुक्त ) सँग पार्टी एकताका लागि ढोका खुलै रहेको पनि थापाले बताए । अध्यक्ष थापाले नेकपा र काँगे्रस सिद्धान्तविहीन भएकाले राप्रपा आफ्नो नेतृत्वमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानमा जुटेको धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार