प्रधानमन्त्री ओलीको जन्मदिन केकमा नेपालको नक्सा : सामाजिक सञ्जालमा आलोचना
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २०:५:४६
१२ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटेपछि सामाजिक सञ्जालमा आलोचना छ । यो बिषयमा नेकपाका सचिवालयका एक नेताले यसरी जन्मदिनमा केक काट्दा त्यो कार्य अन्तर्रा्ष्ट्रिय अभ्यास अनुरूप भएको बताएका छन् ।
केकमा प्रधानमन्त्रीका सल्लाहकारले नेपालको नक्सा काटेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्रीको जन्मदिनमा अन्तर्रा्ष्ट्रिय अभ्यासलाई पालना गरिएको बताएका छन् । बीबीसी नेपाली सेवामा प्काशित समाचार अनुसार थापाले “गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको पाउन सक्नुहुन्छ भनेर भनेका छन् ।
थापाले प्रधानमन्त्रीका शुभेच्छुकहरूले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको समेत दाबी गरेको समाचारमा उल्लेख गरिएको छ । हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा सहभागी भएको भनिएको जन्मदिनमा कार्यक्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको यतिबेला आलोचना भइरहेको छ ।
त्यसबाहेक जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको पनि टिप्पणी पनि सामाजिक सञ्जालमा भइरहेको छ ।
हेलिकोप्टरमा केक र यती समूह
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडिओमा एउटा हेलिकोप्टरमा प्रधानमन्त्रीको जन्मदिन मनाउन उक्त केक लग्न लागेको देखिएपछि यो कुरा पनि संगैको समाचारमा जोडेर भाइरल बनाइएको छ । समाचार विवरणहरूमा पूर्वराजपरिवारसँग जोडिएका सम्पत्ति भाडामा सञ्चालनको विषयमा विवादमा तानिएको यती समूहका अध्यक्षले आफ्नो कम्पनीको स्वामित्वमा रहेको हेलिकोप्टरमा सो केक बोकेर ओलीको जन्मगाउँ पुगेका बताइएको छ ।
प्रधानमन्त्रीको जन्मगाउँमा जन्मदिन मनाउने तयारी तीन महिनाअगाडि सुरु भएको समाचारमा बताइएको छ । यो बिषयमा भने थापाले “कुनै व्यापारिक घरानालाई यती समूहसँग रिस उठेको छ, याे प्रतिस्पर्धा छ भनेर हामीले त्यही अनुसारको सामाजिक व्यवहार गर्नुपर्ने जरुरी छैन ।” भनेका छन् ।
दलको आचारसंहिता उल्लङ्घन ?
एक महिनाअघि नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि जारी गरेको आचारसंहितामा ’जन्मदिवस, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्न’ भनिएको थियो। तर आइतवार प्रधानमन्त्री ओलीको जन्मदिनमा अठराईमा सयौँलाई भोज खुवाइएका विवरण आएका छन् ।
यता थापा भन्छन “प्रधानमन्त्रीले आफूले आह्वान गरेर जन्मदिन मनाउँदै हिँडेको होइन। हामीले सचिवालयकातर्फबाट घरभित्रै हिजो बिहान जन्मदिनको शुभकामना दिएका थियौँ ।“ “उनी जन्मघर पुग्दा उनका गाउँले र शुभेच्छुकहरूले शुभकामना दिएका हुन । उनले आयोजना नगरेपछि आचारसंहिता उल्लङ्घन गरेको वा नगरेको विषय नै भएन ।““जनसमुदायले आफ्ना प्रधानमन्त्रीको जन्मदिन मनाउन पाउने अधिकारको अभ्यास गरेका हुन्।“
विसं २०२० मा आठराईबाट बसाइँ सरेर ओलीको परिवार झापा झरेका थिए । आफ्नो बुवाले बिक्री गरेको अठराईमा अवस्थित घरलाई किनेका ओलीले त्यसलाई ट्रष्ट अन्तर्गत सञ्चालन गर्ने घोषणा गरेका छन्। जन्मदिन मनाउने कार्यक्रमका लागि मात्रै ओली तेह्रथुम नगएको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीले तत्कालीन नेकपा एमालेका दिवंगत महासचिव मदन भण्डारीको गाउँ ढुङ्गेसाँगु र आठराई जोड्ने सडकको शिलान्यास गरेको, पाँचथरमा खानेपानी आयोजना र नेपाल ब्याङ्कको कार्यालय उद्घाटनसहित अन्य पूर्व्निर्धा्रित कार्यक्रममा सहभागी भएको बताएको बीबीसी नेपाली सेवाको समाचारमा उल्लेख छ ।
जन्मदिनको कार्यक्रममा ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेकोे बीबीसीले आइतवार बिहान सवा ७ बजेको नेपाली सेवाको समाचारमा बताइएको थियो । प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाका अनुसार जन्मदिनका लागि ३ र ४ महिना अघिदेखि नै तयारी सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार