ललितपुरमा प्रहरी मेस
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २१:३१:३९
१२ फागुन काठमाडौं । ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रुपमा खाना खाने साझा मेसको शुरु भएको छ ।
यसअघि देशका अन्य प्रहरी कार्यालयमा जस्तै तहगत भान्साको प्रचलन रहेकामा त्यसमा सुधार गरिएको हो । सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको सातौँ मेस रहेको बताइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरीका सबै दर्जाबीच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो । दिनमा हजारौँ जनताको समस्या सुन्ने जवानको मानसिकता परिवर्तन गर्न संयुक्त मेसले निकै सहयोग गर्नेछ । ” सबै प्रहरीमा सकारात्मक भावना बढाउन संयुक्त मेसले निकै सहयोग गर्ने पोखरेलको भनाइ थियो ।
यसैगरी कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोलीका प्रमुख कार्यकारी अधिकृत पवन भट्टराईले ललितपुर सबैभन्दा बढी इञ्जिनियरिङ कलेज भएको जिल्ला रहँदा प्रहरीले यहाँको दुव्र्यसनी नियन्त्रण गर्न सफल भएको बताए । उक्त कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेवापत प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायब निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङ्रिन र प्रहरी जवान हीरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार
भारतीय चर्चित गायक सोनु निगम नेपालमा [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
रसुवाको गतलाङस्थित कालो गाउँ
पुष १०, २०८१ बुधबार
क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष–२०२५’ को शुभारम्भ
पुष १०, २०८१ बुधबार