सुुदूरपश्चिममा हलियाका लागि कार्यक्रम अघि बढाइने : मुख्यमन्त्री भट्ट
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २१:४९:२७
१२ फागुन, काठमाडौं । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्याङ्क सङ्कलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताएका छन् । धनगढीमा सोमवार आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको दशौँ नियमित वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्याङ्क सङ्कलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत सङ्कलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले गरिने बताएका छन् ।
प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए । उनले भने, “एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन् ।” उनले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण अघि बढाइने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार