आक्रामक वृद्धि भएको बजारमा आज देखिएको गिरावटलाई कसरी हेर्ने ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
फागुन १२, २०७६ सोमबार २३:३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-12_FWNq1JKDTL.png)
१२ फागुन, काठमाडाैं । केही दिनदेखि आक्रामक र निरन्तर वृद्धि भएको बजारमा आज भने थोरै करेक्सन देखिएको छ । आज नेप्से परिसूचकमा १ दशमलव ९६ अंकको गिरावट देखिएको छ । कारोवार रकम भने केही कम हुँदै ३ अर्ब ४१ करोड पुगेको छ । हिजो कारोवार रकम ३ अर्ब ६० करोड पुगेको थियो ।
दोश्रो बजार परिसूचक शुन्य दशमलव १३ प्रतिशतले कम हुँदा ८३ लाख ४८ हजार कित्ता शेयर खरीद-बिक्री भएको छ । आज अन्य उपसुचकमा सर्वाधिक १ दशमलव २१ प्रतिशतको वृद्धि देखिएको छ भने बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा शुन्य दशमलव ३७ प्रतिशतको वृद्धि देखिएको छ । आज वाणिज्य बैंक, उत्पादन तथा प्रसोधन उपसुचक र अन्य उपसुचकमा मात्र वृद्धि देखिएको छ ।
आज निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक ३ दशमलव ०५ प्रतिशतको गिरावट आएको छ ।
आज बजारले ११ बजेर ४५ मिनेट तिर दिनको उच्च विन्दुमा पुगेको थियो । आज बजारको उच्च विन्दु १५३६ दशमलव ८४ थियो । त्यस्तै बजारले २ बजेर ५६ मिनेटमा १४९९ दशमलव ०४ को न्यून विन्दु सम्म पुगेको थियो । अन्तिम ४ मिनेटमा थोरै माथिल्लो दिशा तर्फ बजार उन्मुख भएर १५०० माथि बजार बस्न सफल भएको देखिन्छ ।
निरन्तर वृद्धि भएको बजारमा करेक्सन आउनु स्वाभाविक भएको तर करेक्सन हुने दिन कारोवार कम हुनु पर्ने देखिन्छ ।
आज वाणिज्य बैंकमध्य पनि एनएमबी बैंक र इन्भेस्टमेन्ट बैंकको मूल्यमा वृद्धि देखिँदा वाणिज्य बैंक उपसुचकमा वृद्धि देखिएको हो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४ दशमलव ७६, उत्पादन २३ दशमलव ३९ र अन्य उपसमूह ९ दशमलव ०४ ले बढ्दा व्यापार १५ दशमलव ४२, होटल २२ दशमलव ६५, विकास बैंक १६ दशमलव ३२, जलविद्युत् ११ दशमलव ५८, वित्त २ दशमलव ३९, निर्जीवन बीमा २२० दशमलव ८८, लघुवित्त ३२ दशमलव ०३, जीवन बीमा ४ दशमलव ७३ र सामूहिक लगानी कोष ० दशमलव ०४ ले घटेको छ ।
कारोवारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख दुई हजार ७१३, शिखर इन्स्योरेन्स कम्पनी रु १२ करोड २४ लाख ४२ हजार ७१४, प्रिमियर इन्स्योरेन्स कम्पनी रु ११ करोड ८६ लाख ८६ हजार ६४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ६४ लाख ६२ हजार ५९०, एनआइसी एशिया बैंक रु १० करोड ४४ लाख २० हजार ८०९ र हिमालयन डिस्टिलरी रु १० करोड २२ लाख चार हजार ८९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९ दशमलव ५७, युनियन हाइड्रोपावर ९ दशमलव ३८, आरएसडिसी लघुवित्त ६ दशमलव ७५, नेपाल हाइड्रो ६ दशमलव २५, एनएमबी बैंक ४ दशमलव ४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३ दशमलव ८८ प्रतिशतले कमाए ।
त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७ दशमलव ५३, प्रिमियर इन्स्योरेन्स ७ दशमलव १५, पु्रडेन्सियल इन्स्योरेन्स ६ दशमलव १९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ५ दशमलव ३१, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ७४ र पोखरा फाइनान्सका शेयरधनीले ४ दशमलव ६५ प्रतिशतले गुमाए ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १५१० पहिलो टेवा : १४९८
- बजारको पहिलो समयमा बजार बढे पनि पछिल्लो समयमा घटेको छ ।
- आजको मैनबत्तीले “सूटिङ्ग स्टार” को चित्र बनाएको छ । यसले बजारमा मागभन्दा आपूर्ती हुन सक्ने जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ८५ दशमलब २६ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ ।
- “एडिएक्स” तथा जोड- बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १५१० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४९८ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार