चुम्बन गरेको भिडियो खिच्दा तीन युवा प्रहरी हिरासतमा
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:२०:५५
१२ फागुन, काठमाडौं । साथी साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार महाशिवरात्रिका दिन एक युवती साथीसँग घुम्न आएका तीन अहिले महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा पुगेका छन् ।
प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ का अर्जुन अधिकारी, १८ वर्षीय शान्तिमान थामी दनुवार र राजीव थनेतलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
शिवरात्रिका दिन सूर्यविनायकको जङ्गलमा घुम्न गएका किशोरीका प्रेमीले साथीहरु कै अगाडि चुम्बन गरेपछि उसकै साथीहरुले जिस्किएर चुम्बन गरेको भिडियो खिचेका थिए । त्यही भिडियो मेट्न किशोरीले गरेको आग्रह साथीहरुले नमानेपछि यही कुरा प्रहरीमा पुगेपछि प्रहरीले तीनै जनालाई कटुञ्जेबाट पक्राउ गरेको हो ।
पक्राउ गरी प्रहरी वृत्त जगाती पु¥याइएपछि किशोरीले साथीले कुनै जबरजस्ती नगरेको भन्दै जाहेरी दिन नमानेपछि प्रहरीले आज अभद्र व्यवहारमा मुद्दा चलाएको प्रनाउ गिरीले जानकारी दिएका छन् । किशोरीले साथीको मोबाइलबाट चुम्बन गरेको भिडियो डिलिट गरिदिए पुग्ने बताउँदै जाहेरी नदिएपछि अभद्र व्यवहारमा मुद्दा चलाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार