विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:३:४२
१२ फागुन,काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा सोमवार भएको ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उनले एमसीसी सम्झौता अनुमोदन भए हाम्रै देशमा नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने विचार राखेका छन् ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले एमसीसी सम्झौता मान्नु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु भएको बताएका छन् । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी मात्रै नभई सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने बताए ।
सो अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ सुजन माकले एमसिसीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्झौता अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै अङ्ग भएको जिकिर गरे । ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य इ सुनिल दुवालले हिन्दु प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार