तेस्रो लिङ्गी एचआइभीको जोखिममा
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:४०:१९
१२ फागुन काठमाडौं । तेस्रो लिङ्गीले आफूले उठाएको आवाज राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् । वर्षौदेखि अधिकार प्राप्तिको लडाइमा रहे पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आज आयोजना गरेको कार्यक्रममा तेस्रो लिङ्गीले यस्तो बताएका हुन् । नीलहिरा समाजका सिमरन शेरचनले वर्षौसम्म अधिकार प्राप्तिको लागि लागेपनि सरकारले सुनुवाइ नगरेको बताए । “हाम्रो अधिकार प्राप्तिका लागि राजा रामको पालादेखि शुरुआत भए पनि कलियुगसम्म पनि न्याय पाउन सकेनौँ”, उनले भने, “हाम्रो लगाइ २००१ बाटको हो ।” शेरचनका अनुसार तेस्रो लिङ्गी समुदाय एचआइभीको जोखिममा रहेका बताए ।
संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाको अधिकारको व्यवस्था भए पनि व्यावहारिक रुपमा पाउन नसकेको उनले बताए । “विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउदैनौँ”, उनले भने, “विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरिएको छ ।”
त्यसैगरी रोजगारको व्यवस्था नहुँदा आफूहरु अप्ठेरोमा परेका उनले बताए । “हामी शारीरिक रुपमा महिला र पुरुषजस्तै भए पनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छ” शेरचनले भने, “हाम्रो शारीरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।”
नीलहिरा समाजका अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गरे । सरकारले अझैसम्म पनि नागरिकता तेस्रो लिङ्गीलाई लिनका लागि सकस बेहोर्नुपरेको बताए । उनले आफूलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने भएकाले नमिठो अनुभव हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार