मुस्लिम समुदायको तीनदिने धार्मिक सम्मेलनको फोहर उठाउन शुरु
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:५६:४
१२ फागुन काठमाडौं । मुस्लिम समुदायको तीनदिने धार्मिक सम्मेलन इज्तिमाका कारण दुर्गन्धित बनेको बोदे बर्साइन नगरपालिकाको जाँजरमा थुप्रिएको फोहर उठाउन सयौँ मानिस जुटेका छन् ।
नगरपालिकाको संयोजनमा इज्तिमा आयोजक समिति जाँजर, सेना, प्रहरी, सशस्त्र प्रहरी, राजविराज जेसीज, सप्तरी युथ नेपाल, ग्रिन नेपाल, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायत सङ्घसंस्थाले सरसफाइ शुरु गरेका हुन् ।
यही फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका एक लाख बढी मुस्लिम समुदायको सहभागिता थियो । आयोजकले दुई हजार २०० शौचालय निर्माण गरे पनि सहभागी सङ्ख्या एक लाख बढी भएकाले आसपासका क्षेत्रमा खाना खाएका प्लेट, प्लाष्टिकका बोतल, गिलास र दिसाको थुप्रोले भरिएको छ ।
ठूलो परिमाणमा फोहरको डुङ्गुर जम्मा भएर दुर्गन्ध फैलिएपछि आसपासका मानिस बिरामी पर्न थालेका र झिँगा, लामखुट्टेको प्रकोप बढेको स्थानीय मिस्टर मलङगले बताए । दुर्गन्ध फैलिएर कार्यक्रमस्थल आसपास बस्न कठिन भएको भन्दै उनले तत्काल उचित व्यवस्थापन नभए महामारी फैलिन सक्ने चेतावनी दिए ।
एक सयभन्दा बढी बिघा क्षेत्रफलमा फोहर थुप्रिएकाले नगरपालिकाले मात्रै सरसफाइ गरेर सम्भव नहुने देखेपछि सबैलाई सरसफाइ कार्यक्रममा जुट्न नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख आतेशकुमार सिंहले आग्रहअनुसार सरसफाइ कार्यक्रममा सहयोग र साथ दिनुहुने सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घ संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
ट््याक्टर र १० वटा हाते पम्पबाट भि भ्याक्स औषधि छर्कने, खाना र शौचालय पुर्ने तथा फोहर सङ्कलन गरी आगोले नष्ट गर्ने कार्य भइरहेको छ । स्वयंसेवी, अभियन्ता तथा प्रहरीको सामूहिक सहभागितामा निरन्तर सरसफाइ अभियान भएमा फोहर व्यवस्थापन गर्न करिब एक महिना लाग्ने सरसफाइ अभियानमा सहभागी राजविराज जेसीजका इमरान अलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार