ट्रम्पको भारत भ्रमणले दुई देशको सम्वन्धमा इट्टा थप्ने विश्वास
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार १:५३:२१
१२ फागुन एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्वन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।
पूर्वराजदूतद्वय जितेन्द्र कुमार त्रिपाठी र अशोक साज्जान्हारले दुई देशको रणनीतिक सहकार्यमा ट्रम्पको भारत भ्रमणले प्रभाव पार्ने अपेक्षा गरेका छन् । “सन् २०२० देखि दुई देशको सम्वन्धमा उतार चढाव आइरहेको छ, ट्रम्पको अहिलेको भ्रमणले अमेरिकासँगको भारतको सम्वन्धलाई उचाईमा पु¥याउने देखिन्छ,” त्रिपाठीले एएनआईसँग भने ।
भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीका बीचमा रक्षा, उर्जा, ‘एच–वन बी–वन’ भिषा, भ्रष्टाचार नियन्त्रण र व्यापारलगायतका विषयमा छलफल हुने त्रिपाठीले अनुमान गरे । अर्का पूर्व राजदूत अशोकले भने उनीहरूका बीचमा रणनीतिक साझेदारीता, आतङ्कवाद, रक्षा आणविक उर्जा सहकार्य, इन्डो प्यासेफिक रणनीतिलगायतका बारेमा कुराकानी हुनसक्ने बताए ।
तीव्र गतिमा विकास गरेको चीनलाई कसरी चुनौती दिने भन्ने विषयमा पनि उनीहरुले महत्वका साथ छलफल गर्ने अशोकको बुझाई छ । “चीनको वन बेल्ट वन रोड ‘ओविओआर’ परियोजनाको विकल्पमा छुट्टै परियोजना आफुहरुले पनि ल्याउने र त्यसका लागि अमेरिका, भारत, जापान, अष्ट्रेलियालगायतका देशहरुका बीचमा गठबन्धन गराउने विषयमा पनि उनीहरूले छलफल गर्नुहुन्छ जस्तो मलाई लाग्छ,” उनले भने ।
अफ्गानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने अमेरिकाको योजनाका बारेमा पनि ट्रम्प र मोदीले विचार विमर्श गर्नसक्ने उनले बताए । व्यापार तर्फको विषयमा भने दुवै विज्ञले समान धारणा राखेका छन । उनीहरुले यो भ्रमणबाट व्यापारको क्षेत्रमा केही सुधार भने अवश्य हुने अपेक्षा गरेका छन् । तर अमेरिकी विदेश मन्त्रालयले शनिबार भ्रमण कार्यक्रमबारे दिएको जानकारीमा यस भ्रमणका अवसरमा दुई मुलुकबीच व्यापार सम्झौता नहुने तर यसका विविध क्षेत्रमा छलफल गरिने र निकट भविष्यमा सम्झौता गर्ने आधार तय गरिने बताइएको थियो ।
ट्रम्प र मेलानियाद्वारा ताज महलको अवलोकन भ्रमण
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार नै ताज महलको भ्रमण गरेका छन् । उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको थियो । अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गरेकी थिइन्।
आग्रा एयरपोर्टमा आइपुगेपछि ट्रम्प दम्पत्तीले उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । पाहुनाहरूलाई स्वागत गर्न विमानस्थलमा लोक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएका थिए । उनीहरूलाई विमानस्थलबाट ताजमहलसम्म पुग्ने बाटोमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले भारतीय तथा अमेरिकी झण्डा हल्लाएर स्वागत गरेका थिए ।
भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ताजमहलमा राखिएको आगन्तुक पुस्तिकामा लेखे, “ताजमहलले मोहित तुल्याउँछ । यो भारतीय संस्कृतिको समृद्ध र विविध सौन्दर्यको शाश्वत प्रमाण हो ।” ट्रम्प दम्पत्तीले भ्रमणका लागि विशेष छानेको उक्त ऐतिहासिक स्थलमा बेलायती राजकूमारी डायना, राजकूमार विलियम, केट मेडल्टन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलगायतका विश्वका उच्च पदस्थ अधिकारीहरूले पनि भ्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार