अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीद्वारा ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्वोधन
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ३:३३:४६
१२ फागुन एजेन्सी । भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । अहमदावादस्थित सरदार पटेल स्टेडियम ‘रंगशाला’मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन् । गुजरातमा उनको भव्य सार्वजनिक स्वागत गरिएको छ । विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका छन् । दुई नेतावीच पटक पटक अङ्कमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो । महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिएका थिए ।
राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ । ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो ।भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका छन । उनले ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पु¥याएको बताएका छन् ।
ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका छन्। “सामान्य परिवारमा जन्मिएर भारतको कार्यकारी बन्नु भारतीय प्रधानमन्त्री मोदीको सफलता हो,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “मोदीको नेतृत्वमा भारतले मलाई दर्शाएको आतिथ्यता मेलै कहिल्यै भुल्ने छैन ।”
भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाई ट्रम्पको थियो । “हामीले इन्डो प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं ।” उक्त अवसरमा अमेरिकी राष्ट्रपतिले आतङ्कवादसँग लड्न अमेरिकाले भारतलगायतका एशियाली मुलुकसँग विशेष सहकार्य गरिरहेको प्रसङ्ग जोड्दै अमेरिकाले आतङ्कवादलाई परास्त गर्न पाकिस्तानसँग पनि राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
यसै प्रसङ्गमा राष्ट्रपति ट्रम्पले संसारबाट स्लामिक स्टेटजस्ता आतङ्कवादी सञ्जाललाई परास्त गर्न विश्व समुदाय एक हदसम्म सफल बनेको र आगामी चुनौतीको पनि एकतावद्ध भएर सामना गर्ने ट्रम्पको भनाई रहेको थियो । सम्वोधनलगत्तै उनी भारतको प्रसिद्ध ऐतिहासिक स्थल ताजमहलको अवलोकन भ्रमण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार