मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ३:५४:६
१२ फागुन एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गरेको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेको सोमबार पुष्टि गरेका छन् ।
उनका अनुसार मलेसियाली राजाले महाथिरको राजीनामा स्वीकृतिसँगै उनलाई नै अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्त नहुदासम्मका लागि संविधानको परिधिमा रहेका अन्तरिम प्रधानमन्त्रीको रूपका काम गर्न महाथिरलाई नै जिम्मेवारी दिइएको मुख्यसचिवद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
संसारभरीका प्रधानमन्त्रीमध्ये ‘सवैभन्दा वृद्ध’ प्रधानमन्त्री ९४ बर्षिय महाथिरले सोमबार बिहान राजीनामा दिएका हुन् । दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि राजीनामा गर्न बाध्य भएका हुन् । प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग गठबन्धनमा गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।
महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो । महाथिरले अनवरलाई एक बर्षमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता चुनावका बेलामा व्यक्त गरेको भएपनि ढिलाई गरेका थिए ।
पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ । अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि राजालाई भेट्ने कार्यक्रम तय भएको छ ।
मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्ने वा नयाँ चुनाव घोषणा गर्ने भन्ने मध्ये एउटा विकल्प रोज्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार