‘कोभिड-१९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार १२:५:१५
१३ फागुन एजेन्सी । नोभेल कोरोना भाइरस ‘कोभिड—१९’ का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ ।
इरानले नोभेल कोरोना भाइरस ‘कोभिड—१९’का कारण इरानमा मृत्यु हुनेको संख्या १२ पुगेको बताएको छ ।इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्री सइद नमकीले सोमबार मृत्यु हुनेको सङ्ख्या बढेर १२ पुगेको पुष्टि गर्नु भएको हो । उनले अरु ४७ जनामा पनि यसको सङ्क्रमण देखिएको जानकारी दिनुभएको इरानी समाचार संस्थाले जनाएको छ ।
उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न इरानसँग पर्याप्त श्रोतसाधन रहेको दावी पनि गरेका छन् । तर आम नागरिकले सतर्कता नअप्नाएकोले फैलिने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।
सार्वजनिक कार्यक्रम तथा भेला, खेलकुदका कार्यक्रमलगायतमा सहभागी हुन सर्वसाधारणले नछाडेकाले अपेक्षित सुधार हुन नसकेको उनीहरुले बताएका छन् ।
यसैबीच, इरानको छिमेकी मुलुक इराकमा पनि यस महामारी प्रवेश गरेको छ । अहिलेसम्म कुनै सङ्क्रमित नभेटिएकोमा अहिले दुई जनामा सङ्क्रमण पुष्टि भएको इराकी स्वास्थ्य अधिकारीहरुको भनाई छ । उनीहरुले सोमबार नै पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका थिए भने अर्का सङ्क्रमित पनि सोमबार नै भेटिएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार