महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार १९:२४:४५
१३ फागुन एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका छन्।
समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन् । “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेलेकाे भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।”
महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएका छन् । त्यहाँ रहँदा उनीहरुले एक मिनेट मौन धारण गरेका थिए । सो अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरेका थिए ।
राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गरेका थिए । दुई दिने भ्रमणका लागि सोमबार भारत गएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए ।
रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए ।आफ्नो कार्यकालको अन्तिम बर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राती स्वदेश फर्किने कार्यक्रम रहेको छ । ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार