समृद्धि ल्याउदै क्रियाशील वडाध्यक्ष
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार २०:२५:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/bangur-palan-1_v4cVNo5zzQ.jpg)
१३ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन व्यवसाय शुरु गरेका छन् । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा उनि संलग्न भएका छन् । बङ्गुरपालनका लागि रु सात लाख बढी रकम उनले खर्च गरेकाछन् ।
छ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बङ्गुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बङ्गुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बङ्गुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गरेका छन् ।
खोर निर्माणमा मात्रै रु दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले कताए । बङ्गुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उनि आफै खटिने गरेका छन् । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बङ्गुरको हेरचाह गर्नमै खर्चिदै आउका छन् ।
“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बङ्गुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु”, उनले भने, “दैनिक बङ्गुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बङ्गुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।”
काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गरेका छन् । बङ्गुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बङ्गुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बङ्गुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको उनिले बताउ छन् ।
वडाध्यक्ष ऐरले भने, “माछापालनबाट वार्षिकरुपमा छ क्विन्टल बढी माछा उत्पादन हँुदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बङ्गुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बङ्गुरपालनलाई सँगसँगै लगिएको उनले बताए ।
विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै रु दुई लाख जति हुने गरेको थियो । बङ्गुरपालन संगै पोखरीमा माछाको भुरा मात्रै यस बर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उनको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।
“बङ्गुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ” वडाध्यक्ष ऐरले भने, “यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।
वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बङ्गुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । रु दुई करोडको लागतमा सञ्चालन गरिएको उनको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै रु ६५ लाख बढीको निर्यात हुदै आएको उनले बताए ।
उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हुदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बङ्गुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उनले १२ जनालाई रोजगारी दिएका छन् । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बङ्गुरपालनका लागि लगानी गरिएको उनले बताए ।
“राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,” उनले भने, “त्यसका लागि आर्थिक अवस्था मजबुत नभई हुदैन । त्यसलाई पूर्ति गर्नका लागि बङ्गुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हु ।”राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् ।
आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ उनले भने, “आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डो¥याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफै समृद्धितर्फ लम्किन्छ ।”
समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ सङ्कल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उनको सुझाव छ । उनले भने, “भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पु¥याउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार