सुत्केरी र गर्भवतीलाई अण्डा र घ्यू
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार २३:४७:४९
१३ फागुन, काठमाडौं । पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरिएको छ ।
मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष सञ्जय तामाङले बताए । उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ ।
“अभियानको पहिलो दिन १४ जना गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ”, वडाध्यक्ष तामाङले भने, “गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।”
गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन गरिएको उनको भनाइ छ । त्यससँगै सुत्केरी पछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको समेत व्यवस्था गर्ने अभियानमा रहेको उनले बताए । सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु गरिने वडाध्यक्ष तामाङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार