म्याराथुन दौडको उपाधि बस्नेतलाई
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार ०:३६:३९
१३ फागुन, भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् । मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी नगद पुरस्कार रु २० हजारसहित उपाधि हात पारेका हुन् ।
मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालयका नवीन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेण्डरी स्कूलका सरोज तामाङ तेस्रो भएका छन् । दोस्रो हुने कार्कीले रु १५ हजार र तेस्रो हुने तामाङले रु १० हजार नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै वागेश्वरी माविका लालबहादुर थापा, भक्तपुर इङ्ग्लिस स्कूलका आरुष यादव, आदर्श सेकेण्डरी स्कूलका ब्रियान गौतम, रेन्बो इङ्ग्लिस स्कूलका सिर्जनकुमार राना, गणेश सेकेण्डरी स्कूलका समीर गोलेले जनही नगद रु तीन हजार पुरस्कारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका छन् ।
सो अवसरमा उहाँले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गरेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकूदको विकास गर्दै मध्यपुरथिमिलाई खेलकूदको हव बनाउने लक्ष्य लिएको बताए । यसअघि ‘म्याराथुन फर एजुकेशन २०७६’ भन्ने मूलनाराका साथ शङ्खधरचोकबाट शुरु भई सल्लाघारी, निकोसेरा, बाहाखाबजार हुँदै सानोठिमी खेल मैदान गठ्ठाघरमा पुगेर समापन भएको थियो ।
नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा ४९ विद्यालयका १९६ विद्यार्थीको सहभागिता रहेको शिक्षा विकास सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिए । कार्यक्रमका सभापतिसमेत रहेका जयनाले भक्तपुरमा पहिलोपटक अन्तरविद्यालय म्याराथुन प्रतियोगिता सञ्चालन गरेको र अब सञ्जालले हरेक वर्ष फागुन १२ गते यो प्रतियोगितालाई निरन्तरता दिने र अर्को वर्षदेखिको प्रतियोगितामा छात्राको म्याराथुन प्रतियोगितासमेत गरिने घोषणा गरेको थियो ।
सञ्जालका सचिव सूर्यबहादुर भण्डारीले सञ्जालको उद्देश्य, लक्ष्य र कार्यक्रमबारे जानकारी दिँदै भक्तपुरलाई उत्कृष्ट शैक्षिक हव बनाउने लक्ष्यका साथ सञ्जाल अगाडि बढेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा
पुष २, २०८१ मंगलबार
दशाैं राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार