नेपाल ट्रष्टको १७३ रोपनी जग्गा मोहीका नाममा
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार ०:३८:५१
१३ फागुन, काठमाडौं । नेपाल ट्रष्टले मंगलबार श्वेतपत्र सार्वनजिक गरेको छ । ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेको श्वेतपत्रअनुसार ट्रष्टको देशभरका विभिन्न १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको बताइएको छ।
श्वेतपत्र सार्वजनिक गर्दै रक्षामन्त्री तथा ट्रष्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले गुमेको १७३ रोपनी जग्गा समेत फिर्ता ल्याउने बताए । ट्रष्टको काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल र बालाजुमा गरी १७३ रोपनी जग्गा मोहीका नाममा नामसारी भएको जनाएको छ । मन्त्रिपरिषद्को २६ भदौ २०६४ को निर्णयबाट मोहीका नाममा नामसारी भएको पाइएको हो ।
ट्रष्टको गत पुस मसान्तसम्ममा रु ७८ करोड नौ लाख ७७ हजार ७९३ चल सम्पत्ति पुगेको छ । ट्रष्टको नाममा अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र पाउन्ड स्टर्लिङ ५० हजार १२४ रहेको छ। नबिल बैंकमा पाँच लाख ३३ हजार २४४ कित्ता, होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता शेयर ट्रष्टको नाममा रहेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।
ट्रष्टले हालसम्म विभिन्न ६ वटा ठाउँको सम्पत्तिलाई भाडामा दिएको छ । यस्तो भाडामा दिएको सम्पत्तिमा गोकर्ण फोरेष्ट रिसोर्टले लिएको २७ सय ९२ रोपनी, कन्सेप्ट डेभलपर्स प्रालिले लिएको कमलादीस्थित ५ रोपनी, स्याण्डर्ड चार्टर ब्यांकले ६ रोपनी १२ आना, टाउन डेभलपर्सले १९ रोपनी १२ आना, थामसेर्कु ट्रेकिङले दरबारमार्गमा १ रोपनी १४ आना र थामसेर्कु ट्रेकिङले नै ताहाचलमा ४ रोपनी चार आना जग्गा भाडामा लिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ट्रस्टका अध्यक्षसमेत रहेका गृहमन्त्री जनार्दन शर्माको पालामा २०७३ कात्तिक १३ गतेको निर्णयअनुसार ताहाचलस्थित नेपाल ट्रस्टको जग्गा भाडामा लगाउन आह्वान गरिएको बोलपत्रमा दुईवटा प्रस्तावकमध्ये थामसेर्कु ट्रेकिङ प्रालिले ६ करोड मूल्य बढी कबोलमा लिएको श्वेत्तपत्रमा उल्लेख छ।
ट्रष्टले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनमा पनि लगानी गर्ने गरी कार्यविधि बनाइरहेको मन्त्री पोखरेलले बताए । उनका अनुसार पर्यटनमा होमस्टेतर्फ शिक्षामा पुस्तकालय तथा आईटी ल्याब एवं छात्रवृत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार