वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छ
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार १:४२:३
१३ फागुन एजेन्सी । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उनले बताए ।
“महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो,” वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भने । “यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।”
कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ ।
अमेरिकासँग साझेदारीका महत्वपूर्ण सवै पक्षमा छलफल भयो
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साझेदारीका सबै महत्वपूर्ण पक्षका बारेमा छलफल भएको बताए । भारत भ्रमणमा रहेका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको उनले बताए।
आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ, मोदीले भने ।उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए ।
अन्तरराष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्टाटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार