इजिप्ट चर्चमा विस्फोट गर्ने आठ जनालाई मृत्युदण्ड
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार २:२०:७
१३ फागुन एजेन्सी । इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाएको छ ।
गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगेपनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो । स्रोतका अनुसार सवै आठ जनालाई स्थानीय समय अनुसार सोमबार विहानै मारिएका थिए । उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।
इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो । सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको हत्या गरेका थिए ।
सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन । इजिप्टमा तत्कालिन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना वृद्धि भएका छन् ।
मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डको विरोध गरेको छ । उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ ।
एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुननसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण ‘एकपक्षीय’ सुनुवाई गरी दोषी ठहर गरेको बताएको छ । “अभियोग लागेपनि हरेक नागरिकमाथि न्यायिक सुनुवाईको सुनिश्चितता हुनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार