सरकारले अनुदानवापतकाे रकम नदिदाँ उखु किसान मारमा परेको चिनी उद्योगको आरोप
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १७:३५:२८
१४ फाल्गुण, मलंगवा । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी बल्ल दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ ।
उद्योगले हरेक १५-१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको हो । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए । उनको दावी अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो ।
गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५.२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१.६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले जनाएको छ ।
आफूहरुले किसानलाई समयमै चेक दिएको भएपनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले दावी गरेका छन् । एनआईसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाई छ । आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआईसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न अझैं २-३ दिन लाग्ने भएका कारण ढिला भएको उनको भनाई छ । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उनले बताए ।
कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउछन् । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीको आरोप छ ।
सर्लाहीमा तीन चिनी उद्योग रहेको भएपनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ । किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ । जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पु¥याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ ।
वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् ।
गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् ।
हाल उद्याेग मन्त्रालयकाे जिम्मेवारी लेखराखज भट्टले सम्हालेका छन् भने राज्यमन्त्री उद्याेपती एवं व्यापारी माेतिलाल दुगड बनेका छन् । उद्याेपती एवं व्यापारी माेतिलाल दुगड सरकार संचालनकाे पदमा रहँदा पनि अनुदानवापतकाे रकम नदिदाँ उखु किसान मारमा परेको चिनी उद्योगीको आरोप रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार