महोत्सवमा साढे एक करोडको कारोबार जिल्ला व्यवसायीको आशामा तुषारापात
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १८:१६:२७
१४ फागुन, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ ।
‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको थियो । महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट रु एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट रु २० लाख, होटल व्यवसायबाट रु १५ लाख, टिकट बिक्रीबाट रु १५ लाख ३० हजार र यातायात सेवामा रु तीन लाख बराबरको कारोवार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताएका छन् ।
एकलाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । यद्यपि महोत्सवका कारण वार्षिक रु २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ । खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो ।
त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताएका छन् ।
जिल्लाका व्यवसायी निराश
जिल्लामा पहिलोपटक आयोजना गरिएको महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा दिइएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासा आएको छ । महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थिलथिलो बनेको व्यवसायलाई यो महोत्सवले केही हदसम्म राहतको महसुस गराउँछ भन्ने आशामा तुषारापात भएको जिल्लावासीको आरोप छ ।
महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले विरोध जनाएका छन् ।
सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पु¥याउँछ भन्ने अपेक्षा गरिए पनि जिल्लाका लागि उपलब्धिशून्य भएको होटल व्यवसायी निशान राईले बताए। महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडालगायत सबै बाहिरकै व्यवसायीको थियो । यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चोकचोकमा टिप्पणी भैरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार