ओली, प्रचण्ड र नेपालको चेपुवामा बामदेव गौतम, गृहमन्त्री बनाइँदै
इन्द्र रिजाल
फागुन १४, २०७६ बुधबार १९:५४:५३
१४ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष खड्गप्रसाद ओलीको खड्ग आफ्नै नेताविरुद्ध उठ्न थालेपछि प्रतिकारका लागि मोर्चाबन्दी भएको छ । पार्टी र सरकार दुबै मोर्चामा ओलीको एकलौटी बढ्न थालेपछि ओली इतरका नेताहरु एकगढ भएका छन् ।
नौ सदस्यीय सचिवालयमा ओली विरुद्ध ६ जना उभिने स्थिति निर्माण भएपछि भने समीकरण नै बदलिएको छ ।सचिवालयको समीकरण फेरिएको झनक पाएका ओलीले आफ्नो रणनीति समेत बदलेका छन् । आक्रमक शैलीका साथ अघि बढिरहेका ओली विस्तारै रक्षात्मक अवस्थामा आईपुगेका छन् ।
ओलीलाई कमजोर बनाउन माधवकुमार नेपाल, झलनाथ खनालहरु पहिल्यैदेखि सक्रिय थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ समर्थन नपाएसम्म ओलीलाई कमजोर बनाउने कल्पनासमेत गर्न नसकिने अवस्थालाई राम्रैसँग नियालिरहेका नेताहरुले उपयुक्त अवसर पाए सभामुख निर्वाचन प्रकरणमा । कृष्णबहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीसँगको यौन प्रकरणमा मुछिएपछि राजीनामा गर्न बाध्य पारिएका थिए ।
यस्तो अवस्थामा पनि बामदेवको महत्वाकांक्षालाई मलजल गर्न सकिन्छ भन्ने बुझाई सबैको रह्यो । त्यसपछि शुरु भयो ओली विरुद्धको मोर्चाबन्दी । ओलीबाट पीडित भएका ६ भाई बामदेवको भैंसेपाटी निवासमा भेला भए ।
त्यसपछि रिक्त सभामुख पदमा ओलीले आफ्ना विश्वासपात्र सुभाषचन्द्र नेम्बाङलाई ल्याउन खोजे । यो घटनाले पूर्वमाओवादी पक्षलाई झस्कायो । अनि प्रचण्डमाथि सभामुख पद कुनैपनि हालतमा नछाड्न दवाव प¥यो । ठीक समयको पर्खाइमा थिए – माधव नेपाल । अध्यक्ष भएपनि दोस्रो दर्जाको हैसियतमा खुम्च्याइएका प्रचण्डलाई उकास्न यो मसला सहयोगी भयो नेपालका लागि ।
उता, अर्का पात्र थिए वामदेव गौतम, जो शक्ति र सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न तयार । गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट ओली पक्षले योजनाबद्ध रुपमा आफूलाई हराएको बुझाई गौतमको छ। त्यसैले तत्काल प्रतिनिधिसभामा जाने बाटो छेकियो । बर्दियाबाट पराजित भएपनि उनले जस्केलाबाट भएपनि प्रतिनिधिसभामा पस्न जोरजुलुम गरेका हुन् । कहिले डोल्पाका सांसद्लाई राजीनामा गराएर आउन खोजे त कहिले काठमाडौं ७ का सांसद रामबीर मानन्धरलाई बाटो खोल्न तयार गरे ।
ओलीकाे विकल्पमा बामदेवलाई प्रधानमन्त्री बनाउन सकिने र सबैका लागि मान्य हुने पनि भेलाको ठम्याई थियो । त्यसका लागि राष्ट्रियसभामा रिक्त सदस्यमा बामदेवलाई लगेर प्रधानमन्त्री बनाउने लालच दिने सल्लाह भयो । संविधान संशोधन गरी राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था गर्ने सहमति बन्यो ।
तर ओलीले यो बाटोलाई सधैं अबरुद्ध गरिदिए । किनभने पाँच वर्ष त प्रधानमन्त्री पद खानका लागि उनले प्रचण्डलाई कार्यकारी अध्यक्ष नै सुम्पिएका छन् । यस्तो अवस्थामा पनि बामदेवको महत्वाकांक्षालाई मलजल गर्न सकिन्छ भन्ने बुझाई सबैको रह्यो । त्यसपछि शुरु भयो ओली विरुद्धको मोर्चाबन्दी । ओलीबाट पीडित भएका ६ भाई बामदेवको भैंसेपाटी निवासमा भेला भए । सभामुखमा पूर्वमाओवादी पक्षले नै उमेदवारी दिनुपर्ने ठहर पनि त्यही भेलाले ग¥यो ।
बामदेवलाई प्रधानमन्त्रीको ललिपप दिंदा ओली विरुद्धको मोर्चाबन्दी अझै बलियो हुने ठम्याई सबैको रह्यो । त्यसपछि लगातार ६ भाईको बैठक बस्न थाल्यो । ओलीकाे विकल्पमा बामदेवलाई प्रधानमन्त्री बनाउन सकिने र सबैका लागि मान्य हुने पनि भेलाको ठम्याई थियो । त्यसका लागि राष्ट्रियसभामा रिक्त सदस्यमा बामदेवलाई लगेर प्रधानमन्त्री बनाउने लालच दिने सल्लाह भयो । संविधान संशोधन गरी राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था गर्ने सहमति बन्यो ।
प्रधानमन्त्री पदको लालच दिएर राष्ट्रियसभामा छिराएपछि विवादित बनाउने र अन्त्यमा बामदेवलाई वरिष्ठ उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय जिम्मा लगाउने । सबैको स्वार्थको गोटी बनेका बामदेवलाई आज बसेको सचिवालय बैठकले राष्ट्रियसभामा ल्याउने निर्णय गरेको छ ।
यो प्रस्तावमा ओलीलाई कसरी सहमत गराउने भन्ने विषय फेरि अर्काे समस्याको रुपमा देखियो । लामो छलफल र संवादपछि उनलाई सहमत गराउन प्रधानमन्त्रीको केही कार्यकारी अधिकार राष्ट्रपतिलाई दिने गरी प्रस्ताव गर्दा उपयुक्त हुने सबैको ठम्याई थियो । किनभने ओली राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आफ्नो राजपाठ सुरक्षित राख्न चाहन्छन् भन्ने सबैलाई ज्ञात थियो ।
यो प्रस्ताव ओलीसमक्ष प्रचण्डले लगे । ओलीलाई पनि यही मौका चाहिएको थियो । उनको चाहना भनेको बामदेवलाई राष्ट्रियसभामा ल्याउन पाए आफू विरुद्धको एउटा बुख्याँचा सधैंका लागि खडा गर्न पाइने । प्रधानमन्त्री पदको लालच दिएर राष्ट्रियसभामा छिराएपछि विवादित बनाउने र अन्त्यमा बामदेवलाई वरिष्ठ उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय जिम्मा लगाउने । सबैको स्वार्थको गोटी बनेका बामदेवलाई आज बसेको सचिवालय बैठकले राष्ट्रियसभामा ल्याउने निर्णय गरेको छ ।
यो निर्णयसँगै संविधान संशोधन प्रकरण कसरी अघि बढ्छ, त्यसैमा सबै कुराको निर्धारण हुने अवस्था छ । संविधान संशोधन गरी बामदेवलाई प्रधानमन्त्री बनाउन सके माधव प्रचण्ड सफल हुने अवस्था छ । कदाचित त्यो संभव भएन भने बामदेव ओली सरकारको शक्तिशाली सदस्यमा सीमित हुनेछन् । यति गर्न पाए सचिवालय सदस्यहरुको मोर्चाबन्दी पनि अन्त्य हुने र सरकार पनि सुरक्षित रहने बुझाई ओली छ ।
दुबै पक्षको स्वार्थ मिलेकाले नै बामदेवलाई विवादमा ल्याउन सम्भव भएको हो – नेकपाका एक प्रभावशाली नेताले भने । आ आफ्ना स्वार्थले गिजोलिएको यो मुद्धाले गत शनिबार मूर्तता पायो । सो दिन सम्पन्न सचिवालय बैठकले संविधान संशोधनका लागि भन्दै माधव नेपालको संयोजकत्वमा नेम्बाङ र खिमलाल देवकोटा रहने कार्यदल बनायो । तर यो गोप्य राख्ने सहमति भोलिपल्टै सञ्चारमाध्यममा चुहियो ।
पार्टीभित्रको रजगज कमजोर हुने देखेपछि उनले मन्त्रिमण्डलमा फेरबदल गरी माधवलाई खुशी पार्ने प्रस्ताव समेत गरेका छन् । तर माधव भने यसबारे प्रष्ट भइसकेका छैनन् । आजको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा ल्याउने निर्णय गरेकाले संविधान संशोधन प्रकरण नै भावी राजनीतिको मुख्य कडी बनेको देखिन्छ ।
ओलीको सचिवालयले यो सूचना चुहाएको बुझाई अध्यक्ष प्रचण्ड र नेता नेपालको रह्यो । ओली चाहन्थे पनि त्यही, विवाद होस् तर काम नहोस् । अहिले बामदेवको हालत यस्तै भएको छ । कार्यदलका सदस्य भनिएका नेम्बाङ र देवकोटाले व्यक्तिलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न लागिएको भन्दै असहमति जनाएका छन् । माधव नेपालले लगत्तै बोलाएको अनौपचारिक बैठकमा सदस्य नेम्बाङले आफ्नो असहमति प्रकट गरेपछि ओलीको चाहना प्रष्ट भएको हो ।
उता, माधव प्रचण्ड पनि बामदेवलाई प्रधानमन्त्रीको कार्ड फालेर ओलीको सात्तो लिने दाउमा थिए । प्रचण्ड र माधवलाई पनि थाहा छ – बामदेवलाई प्रधानमन्त्री बनाउ सजिलो छैन । तर यसले ओलीलाई लगाम लगाउन भने पक्कै सहयोग हुने छ । यति गर्दा पनि ओलीले टेरेनन् भने के गर्ने भन्ने तहसम्मको छलफल प्रचण्ड र माधवबीच भइसकेको स्रोत बताउँछ ।
बामदेव कार्डले काम गरेन भने अन्तमा ओलीलाई पद त्याग्न दवाव दिने सहमति समेत दुबै नेताले गरेका छन् । नेपालसँग मिलेर प्रचण्डले चाल चलेको जानकारी पाएलगत्तै ओली पनि सक्रिय भएका छन् । बामदेव प्रकरणले माधव र प्रचण्डलाई नै क्षति पुग्ने बुझाई ओली पक्षको छ । तर प्रचण्डसँगको साँठगाँठ कमजोर पार्न ओलीले वान टु वान टक रणनीति अन्तर्गत हिजै मात्र माधवसँग दुई घण्टा छलफल गरेका छन् ।
तर ओलीले चाहे अनुसारको परिणाम भने फेला पारिसकेका छैनन् । पार्टीभित्रको रजगज कमजोर हुने देखेपछि उनले मन्त्रिमण्डलमा फेरबदल गरी माधवलाई खुशी पार्ने प्रस्ताव समेत गरेका छन् । तर माधव भने यसबारे प्रष्ट भइसकेका छैनन् । आजको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा ल्याउने निर्णय गरेकाले संविधान संशोधन प्रकरण नै भावी राजनीतिको मुख्य कडी बनेको देखिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार