बजारमा बुल सेन्टिमेन्ट कायमै, इण्ट्राडे हाईमा बन्द भएको बजारलाई कसरी हेर्ने ?
आर्थिक संवाददाता
फागुन १४, २०७६ बुधबार २१:४९:३०
१४ फागुन, काठमाडाैं । आज पनि दोश्रो बजारमा बुल कायमै रहेको छ । साताको चौथो कारोवार दिन शेयर बजारले ५० अंकमाथि वृद्धि हासिल गर्दै दोश्रो बजार १५९६ दशमलव १३ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा ३ दशमलव ३० प्रतिशतको वृद्धि देखिएसंगै कारोवार रकम ४ अर्बमाथि पुगेको छ । आज ९९ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब १५ करोडको शेयर किनबेच भएको छ।
आज सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा ३ दशमलव ८६ प्रतिशतको वृद्धि देखिएको छ । आज जीवन बीमा उपसुचकमा सर्वाधिक ६ दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजार खुलेबाट नै घट्न मानेको थिएन । आज बजारको न्यून विन्दु र खुला विन्दु एउटै रहेको छ । आज बजारले अन्तिम समय अर्थात बजार बन्द हुँदा उच्च विन्दु समातेको थियो । यस्तो प्रवृत्तिलाई सकारात्मक रुपमा लिन सकिन्छ । त्यस्तै आजको बजारको वृद्धिलाई कारोवार रकमले पनि साथ दिएको छ ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक विस्लेषण :
पहिलो प्रतिरोध : १६०० पहिलो टेवा : १५९०
- बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ ।
- आजको मैनबत्तीले “बुलिस मारुबोजु” को चित्र बनाएको छ । यसले बजारमा अर्को दिन पनि बजार बढ्न सक्ने जानकारी गराउँदछ । कारोबार रकमले पनि खरिदकर्ताको चाप रहेको जानकारी गराएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” ८९ दशमलब ९८ को बिन्दुमा छ । यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ भने बजार सच्चिई हाल्ने देखिन्दैन ।
- “एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १६०० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १५९० को क्षेत्रमा पाउने देखिन्छ ।
ङादीकाे १० प्रतिशत नगद लाभांश
ङादी ग्रुप पावरको लाभांश आजसम्म शेयर कायम भएका लगानीकर्ताले पाउने छन् । २०७६ फागुन १४ गतेसम्म कायम शेयरधनीले कम्पनीले आ.व. २०७५-७६का लागि दिन लागेको १० प्रतिशत नगद लाभांश पाउने भएका हुन् । साधारणसभा प्रयोजनको लागि कम्पनीले भोली (फागुन १५ गते) बुक क्लोज गर्ने जानकारी गराएको छ । दोस्रो बजार बन्द हुँदा आज १४९ रुपैयाँमा कारोबार भएको सो कम्पनीले हकप्रद र बोनश शेयरलाई भन्दा नगद लाभांशलाई प्रथामिकताका साथ वितरण गर्दै आएको छ ।
लुम्बिनी जनरलकाे लिलाम बिक्री खुल्ला
लुम्बिनी जनरल इन्सुरेन्सकम्पनी लिमिटेडले आजबाट लिलाम बिक्री खुल्ला गरेको छ । सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता शेयर न्यूनतम १०० रुपैयाँमा लिलाम बढाबढ हुने गरी बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले फागुन २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म २० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ । साथै सिटिजन्स बैंकका विराटनगर, बीरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार