सबैको आशा र भरोसाको संवाहक बन्ने छु : चन्द्रप्रसाद ढकाल
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २३:३७:३३
१४ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैतमा हुनलागेको ५४ औं महाधिवेशनको मिति नजिकिँदै जादाँ उम्मेद्बारी घोषणाका कार्यहरु धमाधम रुपमा हुदैछन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरि “समृद्धिको आधार राज्य निजी क्षेत्रको साझेदार” भन्ने नाराका साथ हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो उम्मेद्बारी वरिष्ठ उपाध्यक्षको लागी घोषणा गरेका छन् ।
घोषणा कार्यक्रममा बोल्दै ढकालले सबैको आशा र भरोसाको संवाहक भएर काम गर्ने बताए । संस्थाको गरिमालाई अझ उचाईमा पुर्याउन आफ्नो उम्मेद्बारी रहेको दाबी गर्दै ढकालले भने यही संस्थाकै कारण देशभर घुमेको छु, व्यवसायी साथीहरूका मर्म र भावना बुझेको छु । तिनै मर्म भावना अनुरुप काम गर्न आफ्नो उम्मेद्बारी रहेको ढकालले दाबी गरे । निजी क्षेत्रको बिकास बिना राज्यको समृद्धि सम्भव नभएको हुँदा सरकारसँग मिलेर निजी क्षेत्रको विकासमा सहयोग गर्ने ढकालले प्रतिबद्धता जाहेर गरे ।
नेपाल उद्योग बाणिज्य महासंघलाई ठुला ब्यापारीहरुको मात्रै संस्था भनेर बेलाबेलामा लाग्ने गरेको आरोपको खण्डन गर्दै सबै साना व्यवसायीहरुलाई समेत समेटेर लैजान आफ्नो उम्मेद्बारी रहेको उनको दाबी थियो । उधोगी र राज्यको बीचमा बसेर आफुले काम गर्ने भन्दै राज्यले समेट्न नसकेका नीतिगत कुराहरुमा समेत सल्लाह सुझाव गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
राज्यले उधोगीहरुलाई बिजुली सहुलियत, उद्योग खोल्ने जग्गाको उचित मुआब्जाको ब्यबस्था लगायतमा सहजीकरण गर्न सके देशमा अझै उद्योगधन्दा फस्टाउने भन्दै यी र यस्तै नीतिगत निर्णयको लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
राज्यको नीतिलाई सहयोग पुग्ने, धेरै भन्दा धेरै जनतालाई फाइदा पुग्ने र ब्यबसाय नाफामुलक भन्दा पनि दिगो हुनुपर्ने यी तीन सिद्धान्तमा रहेर व्यवसाय गर्दा आफू आज यो स्थानमा आएको अनुभव सुनाउने ढकाल आइएमइ रेमिटेन्सका संस्थापक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार