चुरे क्षेत्रको उत्खनन अनुसन्धान हुदै : वातावरणमन्त्री बस्नेत
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २२:२९:९
१४ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्न भूमिगत जल पुनर्भरण, वृक्षरोपण, पोखरी तथा सिमसार क्षेत्रको व्यवस्थापन, अतिक्रमण नियन्त्रण, कृषि, वनलगायत कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका हुन् ।
सरकारले २०७१ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइसकेको छ । समग्र तराई मधेश चुरे क्षेत्रको संरक्षण गर्न सरकारले गुरुयोजनासमेत तय गरेको छ । चुरे तथा तराई–मधेश क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्न राष्ट्रपति तराई चुरे संरक्षण समिति गठन भई एकीकृत रुपमा संरक्षण र व्यवस्थापन भएर राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
मन्त्रीले बस्नेतले भने, “तराई मधेश चुरेका कारणले उत्पन्न हुने समस्याले प्रभावित छ, बाढीपहिरो र डुबानको समस्या छ, त्यसको समाधानका लागि सरकार योजनाबद्ध ढङ्गले लागिपरेको छ, जलवायु परिवर्तनको समस्या समाधान हुन्छ ।
” उनले चुरे क्षेत्रबाट नदीजन्य क्षेत्रमा कति उत्खनन गर्नुपर्ने हो भन्नेबारे अनुसन्धान भइरहेको समेत जानकारी एका छन् । त्यसअघि सांसद डिला सङ्ग्रौलाले चुरे दोहनले तराई–मधेशमा पानीका मुहान सुक्न थालेका अवस्थामा समाधानका लागि सरकारको योजना के छ भन्ने प्रश्न गरेका थियो । सांसद सरिता गिरी र पे्रम सुवालले चुरेको ढुङ्गाबालुवा कहाँ लगिन्छ भनी प्रश्न गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार