फेयर ट्रेड ग्रुपसँग मन्त्रालय सहकार्य गर्न तयार छ : मन्त्री गुरुङ
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बिहिबार ०:५९:१९
१४ फागुन, काठमाडौं । स्वच्छ व्यवसायी समुह नेपाल (फेयर ट्रेड ग्रुप) ले बुधबार काठमाडौमा एक सेमिनार सम्पन्न गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बस्तुगत संघका प्रतिनिधि बिभिन्न क्षेत्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
बिशेष गरि महिला र अशक्त नागरिकको हितमा काम गर्दै आएको यस संस्थासँग सरकार एवम् आफ्नो मन्त्रालय सहकार्य गर्न गरेर अगाडि बढ्न चाहेको मन्त्री गुरुङले बताए । नेपालको अर्थतन्त्रको पिलरको रूपमा रहदै आएको व्यवसायी क्षेत्रमा सरकार सहकार्य गर्न तयार छ मन्त्री गुरुङको भनाइ थियो ।
सरकारले ल्याएको नीतिका कारण केही व्यवसायीहरुमा निरासा पैदा गरेको सरकारले महसुल गरेको भन्दै हामी नितान्त नयाँ बाटोमा हिडेको हुँदा केही असजिलो भएको हुन सक्न तर ती असजिला क्षेत्रमा पनि सरकारले सम्बोधन गर्ने भन्दै व्यवसायीहरुलाइ नआत्तिन मन्त्री गुरुङले आग्रह गरे । हालका अर्थ मन्त्री अर्थको क्षेत्रमा बिज्ञ भएको हुँदा व्यवसायीहरु हत्तोसाहित नहुन मन्त्री गुरुङको आग्रह थियो ।
हामीले महिलाहरुलाई बोल्न सिकायौ अब गरिखाने बनाउनुपर्छ भन्दै महिलाको हितमा हुने कार्यक्रम आफू र आफ्नो मन्त्रालय सहकार्य गर्न तयार रहेको मन्त्री गुरुङको भनाइ थियो ।
महिलाहरुलाई सिप सिकाएर सक्षम बनाउने उदेश्यका साथ नेपालमा सुरु भएको यस संस्थाले हाल गैर नाफा मुलक क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष चित्रबहादुर केसीले बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै केसीले सबै गैरसरकारी संस्थालाई एउटै दर्जामा राखेर नहेर्न सरकारलाई आग्रह गरे। बिदेशी डलरमा चल्ने संस्था र नितान्त नेपाली उत्पादन लाई प्रोत्साहन गर्दै न्यूनआय भएकाहरुलाई आर्थिक रूपमा सबल बनाउन लागेका संस्थाहरुलाई एउटै नजरबाट नहेर्न उनले आग्रह गरे।
नितान्त गैर नाफामुलक अथवा सेवामूलक व्यवसायीको क्षेत्रम देशका ३० भन्दा बढी जिल्लाहरुका दश हजार भन्दा बढी न्यून आयस्तर भएका उत्पादकहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै र ४५ हजार भन्दा बढीलाई अप्रत्यक्षरुपमा फाईदा पुर्याई उत्तर अमेरिका, युरोप तथा एसिया प्रशान्त क्षेत्रका २५ भन्दा बढी देशहरुमा हस्तकला, कृषि खाद्य तथा गैरकाष्ठ वनपैदावर उत्पादनहरु निर्यात गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउदै आएको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार