रुकुममा पहिलो पटक केन्द्रीय प्रसारण लाइन
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १६:९:३९
१५ फागुन, रुकुमपूर्व । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम (पूर्व)का प्रमुख युवराज रावतले जानकारी दिए ।
उनका अनुसार रुकुम पश्चिम मुसिकोट नगरपालिका घोरखानीदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म ११ केभिएको प्रसारण लाइनको पोल गाडने, तार जोडने, स्टेक राख्ने, ट्रान्सफर्मर जडान गर्नेलगायतका सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले विद्युत्को परीक्षण गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका वडा नं ५ र ६ का लागि दुई ठाउँमा ५०-५० केभिएको ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले वडा नं ५ का लागि कमलदहको मूल गेट नजिकै र वडा नं ६ का लागि ट्राफिक चोक नजिकै ट्रान्सफर्मर जडान गरेको प्रमुख रावतले बताए । उनका अनुसार कमलदहमा राखेको ट्रान्सफर्मरबाट वडा नं ५ को चिउरेनी, कमलदह, बाहुनठाना, चोकबजार, टाकुरालगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ ।
यसैगरी ट्राफिक चोकमा राखेको ट्रान्सफर्मरबाट छिप्रिदह बजार, बाहुनडेरा, ढकालबारा, पाखागाउँलगायतका स्थानमा विद्युत् प्रवाह हुनेछ । रुकुमकोट उपत्यकाभरि २०४५ सालमा जडान गरेका पोल र तारबाट विद्युत् विस्तार गर्ने गरी काम भइरहेकोे छ भने पोल तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ । अबदेखि घोरखानीदेखि रुकुमकोटसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र आफ्ना बालबालिका तथा पशुचौपायालाई जथाभावी नछोड्न पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ ।
रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत्को सफल परीक्षण गरिएको भए पनि घरघरमा बत्ती बाल्न भने अझै केही दिन कुर्नुपर्ने देखिएको छ । विद्युत्को सफल परीक्षण गरिएको भए पनि सबै प्रक्रिया अझै नपुगेकाले घरघरमा बत्ती बाल्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार