सत्तारूढ दल नेकपा फुट्दै, दाहाल, नेपाल र खनाल अलग पार्टी गठनको तयारीमा
![विनोद त्रिपाठी](
https://nepalbahas.prixacdn.net/media/albums/Binod_Tripathi__photo_qXnmit8LTR.jpg
)
विनोद त्रिपाठी
फागुन १५, २०७६ बिहिबार १७:५:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/NCP-nepal-parchanda-oli-madhav.-bamdev_W5IcTobhT3.jpg)
१५ फाल्गुण, काठमाडौं । पछिल्लो घटनाक्रमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटने अन्तिम तयारीमा जुटेको छ । यसको पूर्वाभ्यास बारे केही समय अघि प्रधानमन्त्री तथा पार्टीका सर्वाधिकार सम्पन्न अध्यक्ष केपी ओलीले नै सार्वजनिक गरेका हुन् ।
तर, पुर्वएमाले र पुर्वमाओवादी भएर भने फुट्ने होइन । करिब ७० प्रतिशत पुर्वएमालेसहित सिंगो पुर्वमाओवादी मिलेर संस्थापन पार्टीमा रुपान्तरित हुने तयारी भित्रभित्रै भईरहेको छ । उता, केपी शर्मा ओलीसहित एकनाथ ढकालको पुर्व परिवार दल एउटै दलमा कायमै रहने छ । नयाँ बन्ने दल आउने बहुदल दिवस अर्थात चैत २४ गतेकै दिन दर्ता र त्यही दिन घोषणासभा गर्ने तयारी भईरहेको छ ।
संविधान संसोधनका लागि कुनै कार्यदल नबनेको, बामदेवलाई राष्ट्रियसभामा लान कसैले नभनेको भनेर हिजोको सचिवालय वैठकमा ओलीले सबैलाई चेतावनी दिईसकेका छन् । सचिवालयको निर्णयप्रति कुनै मतलब नभएको भन्दै ओलीले नै पार्टी फुटमा जानसक्ने नेता नेपाल समक्ष राखेका छन् ।
यो कुराको भरपर्दो स्रोत तपाईहरुलाई अवगत गराउँछु । हिजो अर्थात, बुधवार दिनभरि वालुवाटार, खुमलटार, धुम्बाराही र पुरानो माओवादी मुख्यालय पेरिसडाँडाभित्रको दृष्यको आधारमा देखिएको दृष्यअदृश्य स्रोतका आधारमा माथि उल्लेखित संकेतहरु जानकारी गराएको हुँ । किनकी,
१, प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष ओलीले हिजो बुधवार पटक पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर विकसित घटनाक्रमका आधारमा अब संगै बस्न नसक्ने अवगत गराईसकेका छन् ।
२, अर्का अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल लगायतले सरकारको बचाउमा नलागेर उल्टै सरकारइतरको पक्षमा बोल्दै आएकोले आँफु बाध्य भएर कुनै न कुनै अप्रिय घटनातर्फ जान बाध्य भएको नेता नेपाल समक्ष ओलीले गम्भीर ढंगले पोखेका थिए ।
३, ओलीको जवाफमा नेता नेपालले तपाईको आफ्नो काम गर्नुस, तर पार्टीलाई जनताको नजरमा हामी गिर्न दिनेछैनौं भन्ने उत्तर दिएका छन् । यो असहमतिपछि वालुवाटार भित्रका केही ब्यक्तिले साँझमा मलाई दिएको जानकारी अनुसार, अब ओली र नेपाल सँगसँगै एउटै पार्टीमा रहने छैनन् ।
४, अर्का पार्टी अध्यक्ष दाहाललाई ओलीको तल परेर पार्टीमा आसन्न महाधिवेशनसम्म जान नसकिने, बरु रुपान्तरित पार्टीबाट एकल अध्यक्ष भएर जाने, तर माधव नेपाल, झलनाथ खनाललाई सँगसँगै लिएर जाने निर्णयमा पुगिसकेका छन् ।
५, पुर्वएमालेका नेताहरु नेपाल र खनालसहित करिब आधा भन्दा बढि पुर्व एमाले दाहालकै अध्यक्षतामा नेकपाकै संस्थापन पार्टीको रुपमा अघि बढ्ने स्वीकार गरिसकेका छन् । यसको घनिभुत रुपमा तयारी एकमहिना अघि बामदेव गौतमको भैसेपाटीस्थित घरमा भएको बैठकले शुरुवात गरिसकेको हो ।
अब लागौं, किन यो भयो त ?
ओलीसँग सरकार गठनदेखि नै नेपाल र खनाल पक्षहरु चिढिंदै आएका थिए । सरकार गठनमा ओली पक्षको उन्मक्त शैली, राष्ट्रपतिको व्यवहारप्रति रुष्ट लगायतका कारणहरु यसमा जोडिएका छन् । किनकी, दाहाल, नेपाल र खनालले विद्यादेवी भण्डारीलाई बाध्य भएर मात्र राष्ट्रपतिमा स्वीकार गरेका थिए । भण्डारी राष्ट्रपति भएपनि यद्यपि अहिलेसम्म उनी ओली पक्षधरको एक प्रिय कार्यकर्ता हुन् ।
यही विकासक्रम यसरी बढ्दै गयो कि, पार्टी संचालनदेखि सरकारका कामकारवाहीप्रति ओली इतरपक्षलाई विच्काइरहेको थियो । जब, कानुनमन्त्रीबाट शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए, त्यसपछि झन ओलीसँग पुर्वएमालेको एउटा तप्का नराम्रोसँग ओलीबाट टाढा भएको थियो । क्रमश : अर्का अध्यक्ष दाहालसँग नजिएको पुर्वएमालेको बलियो पक्ष नेपाल खनालको समुह बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने यो घडीसम्म पुरै एकिकृत भईसकेको छ ।
ओलीले कुनै अप्रिय कदम चाल्ने नेता नेपाल समक्ष राखेपछि संसद विघटन वा अन्य अश्वभाविक काम त हुँदै छैनन् भन्ने तर्फपनि संकेत देखाईसकेको छ । तर, जे भएपनि अबको केही दिनभित्र नेपालको राजनीति आकाशमा परिवर्तनका परिणामहरु देखिने स्पष्ट छ ।
अहिले, दैनिक दाहाल, नेपाल र खनाल पक्षधरको वैठक बसिरहेको हुन्छ । तर, ओलीले बोलाए मात्र नेताहरु वालुवाटार जाने गरेका छन् । हालका अर्थमन्त्री युवराज खतिवडा ओलीका खास पात्र हुन् । नेपाल राष्ट्र बैंक, विभिन्न उपभोक्तावादी संस्था र सर्वसाधारण नागरिकले महंगी बढेको भन्दै आएपनि खतिवडाले यसको विपरित विवरण ओली समक्ष पुर्याउँछन् । अनि, ओलीले खतिवडाकै रिपोर्टलाई पुर्ण विश्वास गर्छन् । त्यही आधारमा, ओलीले खतिवडालाई कुनै हालतमा मन्त्रीबाट हटाउन चाहँदैनन् ।
अर्कोतिर, ओलीले बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने कुरै त छोडौं, पार्टी सचिवालयको सदस्यबाटै हटाउन चाहन्छन् । यही कुराको संकेत हिजो वुधवार ओलीले नेपाल समक्ष राखेर पार्टी फुटको संघारको जनाउ दिईसकेका छन् । संविधान संसोधनका लागि कुनै कार्यदल नबनेको, बामदेवलाई राष्ट्रियसभामा लान कसैले नभनेको भनेर हिजोको सचिवालय वैठकमा ओलीले सबैलाई चेतावनी दिईसकेका छन् । सचिवालयको निर्णयप्रति कुनै मतलब नभएको भन्दै ओलीले नै पार्टी फुटमा जानसक्ने नेता नेपाल समक्ष राखेका छन् ।
स्मरण रहोस, सरकारमा भएका सबैभन्दा प्रिय एउटा पात्र गोकुल बाँस्कोटा ७० करोडको टेपकाण्ड सार्वजनिक भएर हटेपछि रन्थनिएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली अब अर्का प्रिय पात्र खतिवडालाई कुनै हालतमा मन्त्रीबाट गुमाउन चाहँदैनन् । उनले यो कुरा हिजो नै नेपालसमक्ष अब बर्बादीको सामना गर्न सबै तयार हुनु भनेर संकेत गरिसकेका छन् ।
निष्कर्षमा, अब सत्तारुढ नेकपाको यो विग्रहले फेरि नेपालको राजनीति खल्बलिने निश्चित छ । अर्कोतर्फ ओलीले कुनै अप्रिय कदम चाल्ने नेता नेपाल समक्ष राखेपछि संसद विघटन वा अन्य अश्वभाविक काम त हुँदै छैनन् भन्ने तर्फपनि संकेत देखाईसकेको छ । तर, जे भएपनि अबको केही दिनभित्र नेपालको राजनीति आकाशमा परिवर्तनका परिणामहरु देखिने स्पष्ट छ ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार