भृकुटीमण्डपको जुत्ता चप्पल ब्यापार मेलामा ग्राहकको घुइँचो, स्वदेशी उत्पादनप्रति ग्राहककाे आर्कषण
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:४३:३०
१५ फाल्गुण, काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक कम्पनीहरुले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको जुत्ताचप्पल मेलामा ग्राहकको घुइँचो लागेको छ । भृकुटीमण्डपको भित्र छिर्ने बित्तिकै दायाँ साइडको सानो चौरमा लागेको मेलामा नेपालका पाँच प्रतिष्ठित जुत्ता कम्पनीहरुकाे उत्पादन ग्राहकको अत्यधिक रोजाइमा परेको छ ।
स्वदेशी उत्पादनका जुत्ताचप्पलले नेपालकाे बजार क्षेत्रमा लामो इतिहास बोकेका प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीयरहील, ल्यान्डवाक, रन शु र शु ल्याण्डले आयोजना गरेको मेलामा बच्चादेखि जेष्ठ नागरिकसम्मका महिला पुरुषका लागि उपयुक्त हुने करिब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् ।
एकसय देखि एक हजारसम्मका चप्पल र २ सय ५० देखि आठ हजारसम्मका जुत्ता पाइने उक्त मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएकोमा ग्राहक पनि दङ्ग परेका छन् । ग्राहकसँग प्रत्यक्ष भेटघाटको लागि मेलाको आयोजना गरिएको बताउदै आएको आयोजक पनि यो मेलाबाट सन्तुष्ट देखिएको छ ।
हामीले नेपालको अर्थतन्त्र धारासायी भयो भन्छौं तर नेपालमा उत्पादित बस्तुको प्रयोग भन्दा बिदेशी बस्तुको प्रयोग तिर बढी ध्यान दिन्छौं । नुवाकोटबाट काठमाडौ आएर मेलामा जुत्ता किन्दै गरेका प्रवीण श्रेष्ठले नेपालबहससँगको कुराकानीमा भने ।देशको अर्थतन्त्र बलियो बनाउन नेपालमा उत्पादित बस्तुको प्रयोग बढाउन समेत उनले सबैलाई आग्रह गरेका छन् ।
मेलामा भेटिएका चावाहिलका दीपेन्द्र अग्रवालले पनि स्वदेशी उत्पादनमा ध्यान दिन सबैलाई आग्रह गर्दै यो मेलामा दिइएको छुटबाट आफू अचम्मित भएको भन्दै सबैलाई मेलाको भरपुर उपयाेग गर्न आग्रह गरे । मेला घुम्न भन्दै आएको थिए मुल्य सस्तो देखेपछि घर परिवारकै लागि जुत्ता चप्पल लिएर हिड्दै छु । झोलाभरि किनेका जुत्ता देखाउदै अग्रवालले भने ।
गत फागुन एक गतेदेखि २४ गतेसम्म मेलाको आयोजना गरिएको भएपनि ग्राहकको अत्यधिक माग आउन थालेपछि केही दिन मेलाकाे समय थप गर्ने योजनामा रहेको आयोजकले जनाएको छ ।
नेपालको परिवेश सुहाउँदो उत्पादनमा जोड दिएका छौं
होमनाथ उपाध्याय, बी एफ डियर हिल सुज
खाल्डाखुल्डी, उकाली-ओराली, हिमाल, पहाड, तराई अर्थात देशको परिवेश अनुसार हामीले उत्पादनमा जोड दिएका छौं । बिदेशी उत्पादनहरु नेपालको परिवेश सुहाउँदो नहुने हुँदा हाम्रो मुख्य जोड नेपालको परिवेशनै हो । अन्य देशहरुमा उत्पादित समानहरु तिनै देशको परिवेश अनुसार तयार गरिएको हुन्छ ती सामान नेपालको हावापानी र परिवेशमा टिकाउ हुदैन । त्यसैले सम्पुर्ण नेपालीहरुलाई नेपाली ब्रान्डका जुत्ता पुर्याउने उदेश्यका साथ लागि परेका छौ । सस्तो र सुपथ मुल्यमा जुत्ताचप्पल ग्राहक माझ पुर्याउने हाम्रो प्रमुख उदेश्य हो ।
ग्राहकसँग प्रत्यक्ष भेटघाटको लागि मेलाको आयोजना
रुद्र न्यौपाने, रन सुज
ग्राहकसँग प्रत्यक्ष भेटघाट नहुने हुँदा ग्राहकले कस्तो परिवर्तन मागेका छन् भन्ने थाहा हुदैन । त्यसैले ग्राहकसँग प्रत्यक्ष भेटघाट गर्न पनि मेलाको आयोजना गरिएको हो । क्रेता र बिक्रेता बीच सम्बन्ध राम्रो भयो भने नेपाली उत्पादनको महत्त्व बढ्छ । नेपाली उत्पादन बढ्नु भनेको देशको अर्थतन्त्रमा टेवा पुग्नु हो । हामीले उत्पादन गर्दै गरेका यी कम्पनीहरुले नेपालको अर्थतन्त्रमा केही टेवा पुगे पनि नेपालकाे ब्यापारघाटा भने कम हुन सकेको छैन । त्यसैले अब प्रत्येक नेपालीले नेपाली उत्पादनमा जोड दिने हो भने पक्कै पनि नेपाल अर्थतन्त्रमा निकै टेवा पुग्ने देखिन्छ, जसको सुरुवात हामीले गरेका छौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार