चैतको तेस्रो साताबाट जनकपुर जयनगर रेल चल्ने
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १९:१२:५२
१५ फागुन, काठमाडौं । नेपालमा सञ्चालनका लागी भारतको मद्रासमा निर्माणधीन २ वटा रेल आगामी चैतको तेस्रो साता ‘१८ गते’ नेपाललाई हस्तान्तरण हुने भएको छ । रेल विभागमा महानिर्देशक बलराम मिश्रका अनुसार चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । रेल कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने निर्माता कम्पनीले जनाएको छ ।
रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितकाे यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
यता सरकारले गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेपनि समयमै चल्न सकेको छैन । अब भने सरकारले आगामी असार अगावै जसरी पनि रेल चलाउने योजना बनाएको छ । यसैबीच जनकपुर-जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा नहुँदा बितेको वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा ठूलो क्षति पुगेपछि रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको छ ।
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ ।
यसअघि पनि जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।
विभागले पहिलो चरणमा २६ जना कर्मचारी मागेर सूचना निकालिसकेको छ । महानिर्देशक मिश्रले दोस्रो चरण्मा पनि थप कर्मचारीका लागि सूचना निकल्न तयारी भइरहेको बताए । हाल करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ । अहिले जनकपुरसम्म चल्ने रेल महोत्तरीको विजलपुरासम्म चलाउने योजना रेल्वे विभागको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार