सुत्केरी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान तनावग्रस्त
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २०:९:४
१५ फाल्गुण, काठमाडौं । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।
चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । आज बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । उनलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए । लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
आमा र बच्चा दुवैको मृत्युको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा लापरवाही गरेका कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताइन् । प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
आज बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा अर्चना ठाकुर, डा रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका वताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार