आलु, मुगफली र केशोर किसानलाई पिरलो
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २०:४४:५७
१५ फाल्गुण, काठमाडौं । पछिल्लो वर्षाले आलु, मुगफली (बदाम) र केशोर (माटोमा फल्ने तराईको मिठो र रसिलो फलविशेष) खेती गर्ने यहाँका किसान हैरानीमा परेका छन् । गत मङ्गलबारको वर्षाले तयार भइसकेको आलु, मुगफली र केशोर लगाइएको जग्गामा माटो गिल्याएपछि किसानको हैरानी बढेको हो ।
खेतबारीमा तयार भएको आलु, मुगफली र केशोर खन्न नपाउँदै परेको पानी खेतबारीमा जम्दा अब माटोमै कुहिने किसानको चिन्ता छ । माटोमुनि फल्ने यी बाली लगाइएको खेतबारी गिलो भएको हुँदा खन्नका लागि माटो सुक्खा हुनुपर्ने हुन्छ । तर, माटो सुक्खा हुने समय पर्खदा आलु, मुगफली र केशोर माटोमै कुहिन सक्ने बर्दिवास नगरपालिका–६ मनहरिपुरका किसान बिन्देश्वर यादवले बताए ।
“तत्काल नगद बनाउन सकिने फसल अब माटोमै कुहिने भयो”, यादवले बिरक्तिँदै भने, “गिलो माटो भएको यी बाली लगाइएको खेतबारीमा अहिले खन्ने स्थिति छैन, मुखमा आएको बाली नोक्सान भएको आँखाभरि हेर्नुपरेको छ ।” अहिले आलु, मुगफली, केशोरसहित सखरखण्ड, सुठुनीलगायतका फसल पनि खन्न नपाउँदा किसान खिन्न भएका छन् ।
कतिपय किसानचाहिँ माटो गिलो भएकै कारण खेतबारीमा आलु खन्न थालेका देखिएका छन् । बर्दिवास–७ कै फूलबारीटोलमा हिलाम्य खेतमै आलु खनिरहेका भेटिनुभएका सो बस्तीकै किसान राजकुमार महतोले भने, “सजिलो त छैन नि, देखादेखी माटामै बाली गलाउनुभन्दा हिलोमै भए पनि खन्न थालेका हौँ ।” माटो गिलो भएको खेतबारीमा यी फसल खन्दा जनशक्ति बढी लाग्ने, धुने, पखाल्ने काम बढी झण्झटिलो हुने र खनेको ठाउँमा माटो डल्लो परेर अर्को बाली तत्काल लगाउन नपाइने चिन्ता भने रहेको महतोले बताए ।
जिल्लामा यी फसल नगदे खेतीका रुपमा गरिन्छ । आलु सामान्यतया जिल्लाभरि नै बाक्लै लगाइने गरिए पनि केशोर, मुगफली, सखरखण्ड र सुठुनीजस्ता फसल भने उत्तरी क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा लगाइने गरिएको छ । फागुन पहिलो साताभित्र खनिसक्नुपर्ने आलु, मुगफली, केशोर, सखरखण्ड र सुठुनीलगायतका फसल किसानले खन्न नभ्याउँदा अहिले हैरानी बढेको हो ।
जिल्लाका यी चार स्थानीय तहका करिब १०० बिघा जग्गामा आलु खन्न बाँकी रहेको देखिएको छ । यसबाहेक केशोर, मुगफली, सखरखण्ड र सुठुनीसहितका फसल पनि करिब ५० बिघाको खन्न बाँकी रहेका चौनगर कार्यपालिकाका कृषि शाखाले जनाएका छन् । पछिल्लो गत मङ्गलबारको वर्षाले हिउँदे तेलहन, दलहन, लहरे र अन्य तरकारी बाली, पोटाउन लागेको गहुँ र उखुसहितका बालीलाई भने राहत दिएको किसान बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार