राष्ट्रको विकासमा टेवा पु-याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:५:४९
१५ फाल्गुण, काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताइन् ।
मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन् । जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उनको जोड थियो ।
“यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ”, उनले सम्बोधनमा भनिन्, “यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहुँच पु¥याउन सबैले हातेमालो गरौँ।”
पहिलोपटक दार्चुला भ्रमण गर्न आएकी राष्ट्रपति भण्डारीले भनिन्, “यो जिल्ला त्रिदेशीय क्षेत्रमा पर्ने भएकाले पनि पर्यटनको हिसाबले राम्रो छ ।” यस क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेको भन्दै उनले छिट्टै निकास आउने बताइन् । विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक सङ्गठित हुनुपर्ने उनको भनाइ थियो ।
“यहाँका हिमाल, वनजङ्गल जोगाउन सक्यौँ भने पर्यापर्यटनमा टेवा पुग्छ”, उनले भनिन्, “हाम्रो चुनौती भनेकै जलवायु परिवर्तन हो ।” यसका लागि यहाँका पर्यावरण संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । “जलवायुलाई संरक्षणका लागि हिमाल बचाउनु जरुरी छ, दार्चुलामा विसं २०६७ मै घोषणा भएको अपि नाम्पा संरक्षण क्षेत्रलाई थप व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो”, राष्ट्रपति भण्डारीले भनिन्, “यहाँका प्राकृतिक सम्पादा संरक्षणका लागि अपि नाम्पा संरक्षण क्षेत्रलाई अझै प्रभावकारी बनाइनुपर्छ ।”
विशेष शक्तिपीठको रुपमा रहेका कारण पनि मालिकार्जुनलाई सरकारले धार्मिक पर्यटकीय गन्तव्यको एक सय सूचीमा राखेको छ । सोहीअनुरुप अहिले सरकारले हरेक वर्ष मालिकार्जुनको धार्मिक पर्यटन विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार