भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सुकुटेमा महोत्सव हुदै
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:२२:२८
१५ फागुन, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
महोत्सवमा मोटरबोटको उद्घाटनका साथै शाहसिक जलयात्रा, म्याराथन दौड, सुनकोशी बिच भलिबल प्रतियोगिता, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अनुमानित रु ३० लाख खर्च लाग्ने महोत्सव सफल बनाउन वाग्मती प्रदेश, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय चौतारा साँगाचोकगढी नगरपालिका बलेफी र सुनकोशी गाउँपालिका प्रवद्र्धक रहेका छन् ।
महोत्सवमा आन्तरिक र वाह्य पर्यटक बढीभन्दा बढी सङ्ख्यामा भित्र्याइ स्थानीयस्तरमा उत्पादित सामग्री सङ्कलन गरी २० प्रतिशत सहुलियतमा जैविक खाना प्रदान गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाअन्तर्गत अरनिको राजमार्गमा पर्ने सुकुटे राजधानीबाट ६८ किलोमिटरको दूरीमा पर्दछ । त्यहाँ सुविधा सम्पन्न १० रिसोर्ट सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार