नेप्से १६०० कट्दा लगानीकर्ताले अब के कुरामा ध्यान दिने ? हेरौं आजको बजार विश्लेषण
आर्थिक संवाददाता
फागुन १५, २०७६ शुक्रबार ०:१४:१९
१५ फागुन, काठमाडाैं । वाणिज्य बैंकको शेयरमा आक्रामक रुपमा खरिकर्ताले शेयर खरिद गर्दा दोश्रो बजारमा आज पनि बुल कायमै रहेको छ । साताको अन्तिम कारोवार दिन शेयर बजारले ३६ दशमलव ०५ अंक वृद्धि हासिल गर्दै दोश्रो बजार १६३२ दशमलव १७ को विन्दुमा बन्द भएको छ ।
नेप्सेमा २ दशमलव २६ प्रतिशतको वृद्धि देखिएसंगै कारोवार रकम ४ अर्बमाथि पुगेको छ । आज १ करोड ८ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४६ करोडको शेयर किनबेच भएको छ। नेप्सेको ईतिहासमा आज कारोवार रकमले ईतिहास ताेड्दै नयाँ इतिहास बनाएको छ ।
बजारमा अण्डर भ्यालूड भनिएको वाणिज्य बैंकमा लगानीकर्ताहरुले आक्रामक रुपमा शेयर खरिद गर्नु सकारात्मक रहे पनि अहिलेको बुल र्याली निकै आक्रामक भएको कारणले गर्दा लगानीकर्ताले केही सजक भएर राम्रा-राम्रा कम्पनीमा लगानी गर्नुपर्ने देखिन्छ । शेयर बजारका जानकारका अनुसार बुल बजारमा राम्रा-राम्रा कम्पनीको शेयर खरिद अथवा होल्ड गर्नुपर्ने र आफुसँग भएका आधारभूत हिसाबले कमजोर कम्पनीहरु बेच्दै जानु पर्ने देखिन्छ ।
बजार सधैं बढ्दैन र सधैं घट्दैन पनि । त्यसैले बजार जति सकारात्मक भएपनि लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई सधैं बलियो राख्नु पर्ने देखिन्छ । अहिलेको बजारमा अनलाईन कारोवार प्रणाली आएसँगै कारोवार रकम वृद्धि भएको र विदेशमा बस्ने नेपालीको पनि अहिलेको दोश्रो बजारमा सजिलै पहुँच पुगेको देखिन्छ, जसले बजारमा शेयरको माग वृद्धि भएको देखिन्छ ।
बजारमा धेरै नयाँ लगानीकर्ता प्रवेश गर्ने र फस्ने पनि दोश्रो बजार अत्याधिक वृद्धि भएको बेला हो । त्यसैले कम्पनीको आधारभूत पक्ष हेरेर राम्रा-राम्रा अण्डर भ्यालूड कम्पनीहरु छान्नु पर्ने देखिन्छ । साथीभाईले शेयर बजारबाट कमाईसके म चाहीँ छुटे भनेर आत्तिएर अन्धाधुन्ध शेयर बजारमा प्रवेश गर्नु हुदैन ।
आज वाणिज्य बैंक, विकास बैंक र उत्पादन तथा प्रसोधन उपसुचकमामात्र वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा सर्वाधिक ६ दशमलव १४ प्रतिशतको वृद्धि देखिएको छ । आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ४ दशमलव ८८ प्रतिशतको गिरावट देखिएको छ । त्यस्तै आजको बजारको वृद्धिलाई कारोवार रकमले पनि साथ दिएको छ । कारोवार रकमले आज ईतिहास बनाएको छ ।
१ बजे नेप्सेले उच्च विन्दु समातेको थियो । आज बजारको उच्च विन्दु १६३५ दशमलव ५१ रहेको छ । त्यस्तै आज बजारको न्यून विन्दु ११ बजेर ८ मिनेटमा १५५७ दशमलव ६८ थियो । बजारमा अन्तिम समयमा आक्रामक रुपमा खरिदकर्ताको प्रवेश हुँदा बजारमा बुलिस प्रवृत्ति देखिएको छ ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : १६३५ पहिलो टेवा : १६१०
- शेयर कारोबार खुलेको पहिलो आधा घण्टामा बजारमा उतारचढाब देखिएको थियो, त्यसपछि बजार पुन बढ्दो प्रवृत्तिमा रहेको छ ।
- आजको मैनबत्तीले कारोबारले पछिल्लो समयमा खरिदकर्ता चाप रहेको जानकारी गराएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” ९१ दशमलब १९ को बिन्दुमा छ । यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको जानकारी गराएको छ भने बजार सच्चिई हाल्ने जानकारी हालसम्म दिएको देखिदैन् ।
- “एडिएक्स” तथा जोड -बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १६३५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १६१० को क्षेत्रमा पाउने देखिन्छ ।
बजार गतिविधि
१ः१ अनुपातमा सिभिलले हकप्रद जारी गर्ने
सिभिल लघुवित्त वित्तीय संस्थाले १ः१ बराबर हकप्रद शेयर बिक्री गर्न धितोपत्र वोर्डबाट अनुमति पाएको छ । हाल कायम रहेको ११ लाख ४१ हजार १४० कित्ता शेयर बराबर हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । हकप्रदमा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटललाई तोकिएको छ ।
तर केयर रेटिङ नेपालले भने कम्पनीको समग्र अवस्ता सन्तोषजनक नभएको जनाएको छ । सही कारण ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । यो भन्नले अहिले लघुवित्त जेनतेन बजार धानिरहेको भन्ने अर्थ राख्छ ।
सहयोगीको लाभांश राष्ट्र बैंकबाट स्वीकृत
सहयोगी विकास बैंकको बोर्डबाट स्वीकृत भएको लाभांश संसोधन गरी वितरण गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । सहयोगीले यसअघि १९.३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले १८.७२१५ प्रतिशत मात्र वितरण गर्न अुनमति दिएको छ ।
अपीको हकप्रदमाथि फेरि हकप्रद
अपी पावर कम्पनीले बोनस र हकप्रद शेयरपछि कायम चुक्ता पुँजीबाट फेरि ९१ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यसैका लागि १६औं वार्षिक साधारण सभा आगामी चैत्र ७ गते बोलाएको छ ।
साधारण सभाका लागि अपीले आगामी चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्दैछ । फागुन ३० गतेसम्म कायम शेयरधनीले बोनस शेयर पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर पनि वितरण गर्ने जनाइसकेको छ । बैठक कार्की ब्यांकेट बबरमहलमा बिहान १० बजे सुरु हुने जानकारी दिइएको छ । केही दिन अघि मात्रै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ४७ प्रतिशत हकप्रद ल्याउन अनुमति दिएको थियो ।
सोही बैठकले आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ । हकप्रदबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने प्रस्ताव पनि गरेको छ ।
नेप्सेले हिजाे जारी गरेकाे विज्ञप्ति
नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाईन प्रणाली लागूगरे पछि शेयर बजारमा कारोबार रकमले नयाँ उचाई नै ब्रेक गरिरहेका छ । रेकर्ड तोडिएपछि हिजाे नेप्सेले विज्ञप्ति निकालेको थियाे ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार