एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना संचालन गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:२५:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/NIC-Asia-bank-logo_ITX30lxh3p.jpg)
१५ फागुन काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गर्ने भएको छ ।
एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उदेश्यका साथ एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको हो ।
नेपालमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखिम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालन ल्याउन लागिएको जानकारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले उल्लेख गरेका छन् ।
क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढाबवाट कम प्रभावित हुने देखिन्छ । यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ ।
हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्स फण्ड” संचालन गरिरहेको छ । यसका साथै एन आई सी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एन आई सी एशिया क्यापिटल एक मात्र ISO Certified Capital हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार