रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:५२:३
१५ फागुन, पूर्विरुकुम। यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिएका छन्।
उहाँका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा एक, डाकाचोरीका तीन, हातहतियार खरखजना, सवारी ज्यान, करार बदर र जग्गा किचलोका एक/एक मुद्दा दर्ता भएका छन् ।
यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएकोे जानकारी दिएका छन् । बुधबार आयोजित पत्रकार भेटमा उनले वैदेशिक रोजगार, मदिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कुटपिट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार