‘ख्वपको पहिचान’सहितको स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १७:९:२६
१६ फागुन, भक्तपुर । भक्तपुर नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ । नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले थप पाठ्यक्रम निर्माणमा विज्ञहरुसँगको परामर्श लिएर तयारी गरेको जानकारी दिए । भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँपुस्तालाई जानकारी गराउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि चारवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको उनले बताए।
स्थानीय पाठ्यक्रम लागू गर्ने यो पहिलो नगरपालिका भएको दाबी गरिएको छ । नगरप्रमुख प्रजापतिले नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यसामग्री समेटिइ सो पुस्तक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए ।
स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले लागू भएका पाठ्यक्रम प्रभावकारी भएको र अब थप हुने कक्षाका पाठ्यक्रम तथा प्रकाशित हुने पाठ्यपुस्तकमा विज्ञहरुको सुझावलाई समेटेर अगाडि बढ्ने जानकारी दिए । स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य, रोशनराज तुइतुईलगायतले जिल्लावासीले आफू जन्मेहुर्केको ठाउँ र संस्कृतिकबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।
नगरपालिकाले यहाँका विद्यालयमा लिपी र भाषाका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारबारे अडियो–भिडियोसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढङ्गले यहाँका संस्कृतिको महत्वबारे प्रष्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने सुझाव आएको जनाएको छ ।
यसैगरी अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढङ्गले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दहरूबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धीमा ध्यान दिनुपर्नेलगायतका सुझाव आएकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार