पर्यटकीयस्थल चुच्चेढुङ्गाकाे वढ्दै आमदानी : मासिक २४ हजार
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १८:२७:४८
१६ फागुन काठमाडौं । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ ।
धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था गरिएको हो । त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि पु्ग्ने आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुङ्गा चढेवापत सो शुल्क तिर्नुपर्छ । पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन् । सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ ।
त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक रु ८०० भन्दा बढी रकम सङ्कलन हुने गरेको व्यावसायिक प्रजिता श्रेष्ठले जानकारी दिएका छन् । “दैनिक रु ८०० को हाराहारीमा रकम जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “शनिबार र बिदाको दिन मान्छेको आगमन बढी नै हुन्छ ।” पहिले खुला रहेको डाँडामा पर्यटकको आगमन बढ्न थालेपछि सो ठाउँ अहिले होटल र रिसोर्टका साथै साना खुत्रुके पसलले भरिन थालेका छन् । जहाँ एकपछि अर्को गर्दै व्यवसायीले होटल र साना पसल राख्न थालेपछि खुलारूपमा घुम्न पाउने अवस्था अन्त्य भएको छ । व्यवसाय आफ्नो–आफ्नो जग्गामा घेराबार लगाएर वनभोजस्थल र उद्यान बनाउन थालेका छन् ।
घुम्न आउनेले गरेको विभिन्न प्रकारका फोहर व्यवसायी मिलेर नै सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको व्यवसायी श्रेष्ठले बताए । “हामीले जम्मा पारेको फोहरलाई नगरपालिकाले हप्ताको दुईपटक उठाउँछ”, उहाँले भन्नुभयो, “हामीले यहाँ फोहर टिप्नका लागि दुई जनालाई मासिक रु नौ हजारका दरले दिने गरी मान्छे राखेका छौँ ।”
सो ठाउँमा पुगेका कतिपयले भने अनावश्यकरूपमा रकम मात्रै सङ्कलन गरेर दुःख दिने काम गरेको प्रतिक्रिया दिएका छन् । काठमाडौँबाट घुम्नलाई देवीस्थानडाँडा पुग्नुभएका विपीन श्रेष्ठले भने, “पैसा तिरेवापत हामीले के नै पाउँछौं र ?” पहिला आउँदा यसरी पैसा तिर्नुपर्ने थिएन, अहिले आउँदा पैसा तिरेर आउनुप¥यो, अझ ढुङ्गा चढ्नका लागि छुट्टै तिर्नुपर्ने रहेछ”, उनले भने, “यसले यहाँ आउने पर्यटकका लागि राम्रो सन्देश दिँदैन ।”
तेमाल गाउँपालिका–६ ठुलोपर्सेलका सुनिल तामाङले पैसा तिरेअनुसारको कुनै सुविधा नभएकाले पैसा तिरेर धुलिखेलडाँडा घुम्न जानुको कुनै औचित्य नरहेको बताएका छन् । “पैसा तिरेपछि त त्यहीअनुसारको सुविधा हुनुप¥यो नि, केही सुविधा छैन, पैसा मात्रै कमाउने काम गरेका रहेछन् व्यवसायीले, हामीले तिरेको पैसाले खै त यहाँको संरचनामा परिवर्तन आएको ?”, उनले भने ।
धुलिखेल–८ पिपलबोटबाट शुरु भएको हजार सिँढी चढेर माथि पुगेपछि आउने देवीस्थानडाँडा सबैको रोजाइको स्थल भए पनि पछिल्लो समयमा टिकट काटेर पैसा लिने तर व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् । यसअघि हजार सिँढी शुरु हुने ठाउँमा गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति र नगरपालिकाले संयुक्तरूपमा हजार सिँढी तथा देवीस्थान उद्यान प्रवेश शुल्कको नाममा टिकट काट्ने व्यवस्था गरिएको थियो । पछिल्लो समयमा नगरपालिकाले वार्षिक रु १८ लाखमा ठेक्कामा केएल विल्डर्सलाई जिम्मा दिएको छ । हजार सिँढी र देवीस्थान उद्यान प्रवेश शुल्क भनेर प्रतिव्यक्ति रु २०, विद्यार्थीलाई रु १०, विदेशी नागरिकलाई रु १०० र सार्क राष्ट्रका नागरिकलाई रु ५० लिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार