सुनको मूल्य ५०० रुपैयाँले घट्यो
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १८:२५:२५
१६ फागुन काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार पनि ओरालो लागेको छ । दिनहुँ भाउ बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज भने ५०० रुपैयाँ घटेको हो ।
आज छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेर ७९ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ७८ हजाार ९०० रुपैयाँमा आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ७९ हजार ४०० रुपैयाँ रहेको थियो ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ ।
विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ । किने भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ ।सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफासमेत जोडी बिक्री गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार