ओलीले रुटीन अवरुद्ध गरेपछि प्रचण्डको अर्को ‘एक्सन’
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १८:३४:४१
१६ फागुन, काठमाडौं । गत बुधबार बेलुकी सत्ताधारी नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन प्रधानमन्त्रीलाई निर्देशन दिएपछि विकसित घटनाक्रम अझै अन्योलग्रस्त छ ।
सचिवालय बैठकको निर्णय नमान्ने चेतावनी दिएर सम्पर्कबिहिन बनेका प्रधानमन्त्री केपी ओलीलाई दवाव दिने उद्देश्यले हिजाे बेलुकी सांसद साेमनाथ पाण्डेकाे निवास नयाँ बानेश्वरपछि आज सखारै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा शीर्ष नेताहरु भेला भए । यस घटनालाई राजनीतिक वृत्तमा प्रचण्डको अर्को एक्सनका रुपमा हेरिन थालेको छ ।
बिहान ८ बजे खुमलटारस्थित पूर्व प्रधानमन्त्रीसमेत रहेका वर्तमान नेकपा अध्यक्ष प्रचण्ड निवासमा पूर्व प्रधानमन्त्रीद्वय एवं सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच गम्भीर छलफल भएको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठक नमान्ने भनी चेतावनी दिइसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा नै छलफल केन्द्रित थियो ।
छलफलमा बामदेवले आफूलाई सधैं विवादमा तानेर खुइल्याउने काम भएको भन्दै दुखेसो पोखेका थिए । अब मैले नेकपा छाडे भयो, म नै सधैं अर्घेलो भएँ की क्या हो कम्रेडहरु तपाईंहरुले गरेको निर्णय मानेको छु तर म नै सधैं विवादस्पद बनाइएको छु – उनले भनेको खुमलटार स्रोतले बताएको छ ।
बैठकमा नेता खनाल सबैभन्दा आक्रमक देखिएका थिए । उनले पार्टीले सरकार चलाउने कि सरकारले पार्टी ? यसको सैद्धान्तिक रुपमै निरुपण गरिनुपर्छ भन्दै ओलीले निर्णय कार्यान्वयन नगरे नराम्रो सन्देश जाने बताएका थिए – स्रोतले भन्यो ।
आजको छलफलमा नेता माधव नेपाल र प्रचण्ड चाहीँ बीचको धारमा देखिए । अर्थमन्त्री डा. युवराज खतिवडालाई बहिर्गमन गर्न हामी नै लागेको भन्ने उहाँको बुझाई गलत हो भन्दै दुबै नेताले यो भ्रम चिर्नुपर्छ भनेका थिए ।
लोकतन्त्रमा पार्टी सर्वाेपरि हुने कुरामा जोड दिंदै चारैजना नेताले एकपटक प्रधानमन्त्री ओलीलाई भेटेर सम्झाउनुपर्नेमा सहमति जनाएका छन् । छलफलका क्रममा प्रचण्डले भर्खरै निर्माण भएको नेकपालाई तहसनहस पार्न प्रतिक्रियावादी शक्ति लागिपरेकाले सबै गम्भीर हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीको अफ्ठेरो पनि फुकाउन सहज वातावरण बनाइ दिनुपर्नेमा जोड दिएका थिए ।
नेता नेपालको भनाई पनि प्रचण्डकै जस्तो थियो – स्रोतले भन्यो तर प्रधानमन्त्रीले शीर्ष नेताको आग्रह नमानेको अवस्थामा भने कडा ढंगले प्रस्तुत हुनुपर्ने छ ।
बुधबार साँझ प्रधानमन्त्री ओलीले सचिवालय बैठकले दिएको निर्देशन आफू विरुद्धको घेराबन्दीको श्रृङखला भएको भन्दै कार्यान्वयन नगर्ने चेतावनी दिएपछि खैलाबैला मच्चिएको हो । साथै हिजो प्रधानमन्त्री ओलीले यो प्रकरणमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
हरेक दिन बिहानै अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गर्ने ओलीको रुटीन दुई दिनदेखि अवरुद्ध छ । उनी भैंसेपाटी गठबन्धनको नयाँ प्रतिक्रियापछि मात्रै अगाडि बढ्ने योजनामा रहेका छन् ।
आज दिउँसो प्रचण्ड गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको छ । भोलिसम्ममा प्रधानमन्त्रीले सचिवालयको निर्णय बमोजिम बामदेवलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश नगरे थप दवाव दिने पक्षमा नेताहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार