इरानका शीर्ष अधिकारीलाई नै कोरोना भाइरस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १९:१४:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Masoumeh-Ebtekar_lJbuQ76FGk.jpg)
१६ फागुन एजेन्सी । इरानका शीर्ष अधिकारीलाई नै कोरोना भाइरसको संक्रमण भएको छ । इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गइरहेका बेला शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको हो ।
इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो । उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि हुन् । हाल उनलाई घरमै क्वारेन्टाइनमा राखिएको इरानी सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।
बुधबार भएको सरकारको बैठकमा उनी अरु उच्च अधिकारीसँगै सहभागी थिइन् । सो बैठकमा राष्ट्रपति हसन रुहानी पनि सहभागी थिए । उनी इरानका चार उपराष्ट्रपति मध्ये एक हुन् । उपराष्ट्रपतिसँगै अरु सात सरकारी अधिकारीमा पनि कोरोनाको संक्रमण भएको छ ।
इरानमा अहिलेसम्म कम्तिमा २४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै बिहीबारसम्म २६ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार