हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २०:३२:१२
१६ फागुन एजेन्सी । अमेरिकी माथिल्लो सदन ‘सिनेट’ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृित प्रदान गर्नु पर्नेछ ।
संयुक्तराज्य अमेरिकाले चिनियाँ कम्पनीहरूलाई सुरक्षा जोखिमको रूपमा लिन्छ र आफ्ना सहयोगी मुलुकहरुलाई पछिल्लो पुस्ताको दूरसंचार नेटवर्कमा फाइभ–जी समेतका चिनियाँ उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ । दुबै कम्पनीले आफ्ना उत्पादन जासूसीका लागि प्रयोग गर्ने गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरिरहेका छन् ।
सङ्घीय संचार आयोगले अमेरिकी दूरसंचार कम्पनीहरुलाई दुई चिनियाँ कम्पनीका उपकरणहरु प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । आयोगको यस निर्णयले ज्यादातर साना, ग्रामीण कम्पनीहरूलाई असर गर्नेछ । अमेरिकाका प्रमुख नेटवर्क प्रदायकहरूले चिनियाँ उपकरण प्रयोग गर्दैनन् ।
साना र ग्रामीण क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरूले आफ्नो नेटवर्क पुनर्निर्माण गर्न गाह्रो र महँगो हुने भन्दै लगातार गुनासो गर्दै आएका छन् । साना दूरसंचार प्रदायकहरुको छाता संगठनले हुवावे र जेडटीईका उपकरणहरू सस्तो मूल्यमा पाइने र करिब एक अर्ब डलरमा प्रतिस्थापन कार्य सम्पन्न हुने बताएका छन् ।
अमेरिकामा हुवावेका ४० वटा दूरसंचार प्रदायक कम्पनीहरु ग्राहक छन् । ग्रामीण वायरलेस एशोसिएसनले सिनेटले विधेयक पारित गरेकामा धन्यवाद दिएको छ । विधेयकले करिब २ लाख ग्राहकहरु समावेश रहेका ग्रामीण दूरसंचार प्रदायकलाई समेट्ने छ । हुवावे र जेडटीईले उक्त विधेयकका बारेमा केही टिप्पणी गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार