राष्ट्रको दाहिने हात, दाहिने आँखा सुदूरपश्चिम : राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २३:९:१४
१६ फागुन डडेल्धुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज बिहान अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गर्नुभएको हो । उहाँले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा पूजापाठ गरेका छन् । सो अवसरमा उग्रतारा वेदविद्याश्रममा अध्ययनरत वटुकले स्वस्तिवाचन गरेका थिए । मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो ।
राष्ट्रपतिको स्वागतमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारी, पूर्वपदाधिकारी पनि पुगेका थिए । सो अवसरमा अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेको थियो । उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनपत्र प्रदान गरेको छ ।
‘सुदूरपश्चिम दाहिने आँखा’
राष्ट्रपति भण्डारीले नागरिक अभिनन्दनको प्रतिउत्तर दिँदै सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताए । “यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन् । यहाँका राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन् । तर त्यसो होइन । राष्ट्रको दाहिने हात, दाहिने आँखा सुदूरपश्चिम हो । त्यसैले यहाँ राष्ट्रको ध्यान आकर्षित भएको छ ।”
सरकारले सबै ठाउँका जनतालाई समान ढङ्गले हेरिरहेको बताउँदै उनले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि पनि लागिपरेको बताए । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा पहिलो पटक उग्रताराको दर्शन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उग्रताराको राष्ट्रियस्तरमा प्रसारप्रसार हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार