सुन्नुस त ! तपाईको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २३:३०:५६
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
१६ फागुन एजेन्सी । फेसबुक, एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो । जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाइल अध्यावधिक गरि साथीहरूलाई आफ्नो बारे जानकारी समेत गराउँदछन् ।
यसका अतिरिक्त प्रयोगकर्ताको शहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन पनि सकिन्छ । आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको ’वाल’ वा ’टाइमलाइन’मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्ने सरल माध्यम हो, फेसबुक ।
यदि तपाईले फेसबुक प्रयोग गरिरहनु भएको छ भने तपाईलाई थाहा होला, यसमा बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सकिन्छ । फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्ने गर्छन् ।
यति मात्रा कहाँ हो र ? फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, श्रव्यदृश्य वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने समेत गरिन्छ । तर यो जति सहज र सरल छ तेतिकै मात्रामा दुखद पनि छ । कुरा के छ भने कहिले काँही तपाईले कुनै साइबर क्याफे वा अरू कसैको डीभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा नमिठो हुने गर्छ ।
याद राख्नुस, त्यसरी कही खोलिएको तपाईंको फेसबुक अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ । कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को मान्छेले चुपचाप हेरिरहेको र तपाईंको जासूसी गरिरहेको पनि हुनसक्छ । यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।
उक्त फिचरको सहयोगले तपाईंले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डीभाइसमा अहिलेसम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।
यसका लागिः माेवाइलमा कसरी ?
– स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस् ।
– त्यहाँ रहेको सेक्युरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्युरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्
– त्यहाँ तपाईंले Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूची देख्नुहुनेछ ।
– यदि ती डीभाइसमध्ये कुनै डीभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तीनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।
– यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने Log out of all sessions अप्सन छान्न सक्नुहुन्छ ।
डेस्कटपका लागि
· वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्
· टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी Settings अप्सनमा जानुहोस्
· सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login अप्सनमा क्लिक गर्नुहोस्
· त्यसपछि Where you are logged in खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूची देखिन्छ ।
· ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार