अनेरास्ववियुका नेता गौतम र रेग्मीबीच प्रगतिशील विवाह
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शनिबार ०:४४:५४
१६ फागुन काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य शेखर गौतमले प्रगतिशील विवाह गर्नुभएको छ । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै उनले दाङकी सामना रेग्मीसँग आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको कार्यालय शान्तिवनमा विवाह गर्नुभएको हो ।
बेहुला गौतमले लामो समयदेखि राजनीतिबाट सामाजिक रुपान्तरणका लागि लडेका अनुभव सुनाउँदै विवाहलाई भड्किलो नबनाएको बताए । सामनासँग आफ्नो विचार मिलेकाले विवाह सम्भव भएको भन्दै उनले यो प्रगतिशील विवाहलाई जीवनको अनन्तकालसम्म सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी दुलही सामनाले पनि भड्किलो खर्च विवाहमा आवश्यक नरहेको भन्दै शुभेच्छुक बीचको प्रगतिशील विवाह दुवैको रोजाइ भएकाले खुशी रहेको बताएका छन्।
विवाह समारोहमा खेलकूदमन्त्री जगत विश्वकर्माले उनीहरुलाई वैवाहिक जीवनको शुभकामना दिँदै संस्कार र संस्कृतिका नाममा हुने भड्किला गतिविधिलाई सचेत युवाले रोक्न सक्नुपर्ने धारणा राखे । विवाह एकअर्काको साथ र विश्वासले दिगो हुने भएकाले फजुल खर्च विवाहमा आवश्यक नरहेको उनले बताए ।
नेकपा केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले गौतम सामना समाजमा उदाहरणीय पात्र भएको भन्दै वैवाहिक जीवनको शुभकामना व्यक्त गरे । गौतमका बुबा रुद्रनाथ गौतमले छोरा–बुहारीको खुशी नै आफ्नो खुशी भएकाले छोराको प्रगतिशील विवाहबाट आफू खुशी रहेको बताउएका छन् ।
सो वैवाहिक समारोहमा अनेरास्ववियुका केन्द्रीय संयोजक ऐनकुमार महर, नेकपा महानगरपालिका अध्यक्ष दीपक पौडेल लगायतले पार्टी नेता तथा कार्यकर्ता आफन्त शुभेच्छुकहरुले नवजोडीलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार
किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण
कात्तिक २३, २०८१ शुक्रबार
भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार