सबै भन्दा वढी घरेलु हिंसाका घटना पतिबाट
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शनिबार ०:५४:६
१६ फागुन, ललितपुर । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना श्रीमान्बाट घटेका देखिन्छन् । एक महिनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला श्रीमान्बाट प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।
उनले भने, “२५ हिंसाको घटना छिमेकीबाट, २१ परिवारका सदस्य, १५ अपरिचित मानिस, छ प्रेमी, चार साथी, दुई शिक्षक र एक अविवाहिताबाट भएका छन् । माघमा ओरेकले कूल १३० लैङ्गिक विभेदमा आधारित हिंसाका तथ्याङ्क सङ्कलन गरेको थियो । यसमा ८१ वटा घटना स्वयं कार्यालयमा दर्ता भएका र ४९ वटा घटना विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त तथ्याङ्कमा आधारित रहेका न्यौपानेले बताएका छन् ।
यसैगरी माघमा ५५ जना महिला घरेलु हिंसाको सिकार, १८ बलात्कार, १६ यौन दुव्र्यवहार, १५ सामाजिक हिंसाको सिकार, १४ हत्या, तीन हत्याको प्रयास र दुई जनामा बलात्कारको प्रयास तथा मानव बेचबिखन भएको देखिन्छ । उमेर समूहमा वर्गीकरण गरेर हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ४५, २६ देखि ३५ वर्षका ३०, १६ वर्षमुनिका २०, ३६ देखि ४५ वर्षका १६ र ४६ वर्षभन्दा माथिका महिला १० जना हिंसाको सिकार भएका छन् ।
उमेरका आधारमा आरोपितको वर्गीकरण गरेर हेर्दा उमेर समूह थाहा नभएका ३७ जना, २६ देखि ३५ वर्षका ३४ जना, १७ देखि २५ उमेर समूहका २४ जना, ३६ देखि ४५ वर्षका २१ जना, ४६ देखि ५५ वर्षका ११ जना पुरुष र ५६ वर्षभन्दा माथिका तीनजना मानिस रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार