इरानमा कोभिड–१९ सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शनिबार १:११:३२
१६ फागुन एजेन्सी । इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ । इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ ।
इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताए । इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो । सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण विगत २४ घण्टामा भएको हो ।
उनले भने, “पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ ।” त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार