दिल्लीमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा : ४२ जनाकाे मृत्यु
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १४:५२:२९
१७ फागुन एजेन्सी । दिल्लीमा भएको तीन दशकयताकै सबैभन्दा खराब हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ४२ पुगेको छ । एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर- पूर्वी दिल्लीमा भएको हिंसामा अहिलेसम्म १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
झण्डै ६ सय ३० जनालाई गिरफ्तार गरिएको छ भने २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । हिंसामा भएको वास्तविक क्षति अब देखिन थालेको छ । केही मानिसहरू काम गर्न घरबाहिर निस्किएको र हिंसा प्रभावित इलाकामा केही पसल र केही अन्य प्रतिष्ठान पनि खुलेको देखिन्थ्यो ।
सरसफाइकर्मीहरु चार दिनदेखिको हिंसापछि उत्तर-पूर्व दिल्लीको सडक र गल्लीमा ढुङ्गा, सिसा र काँचको टुक्रा तथा फोहोर उठाइरहेका देखिन्थे । केही पसलका सञ्चालकहरु आफ्नो जलेको र टुटेफुटेको पसलको अवस्था देखेर खिन्न देखिए ।
प्रहरी र अर्द्धसैनिक बलका अधिकारी मस्जिदमा जुमेको नमाजलाई ध्यानमा राखेर ड्युटी गरिरहेका देखिन्थे । नागरिकता सम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार